चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं : सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष बिक्रम यादवसहित ११ जनाविरुद्ध भ्रष्टार मुद्धा दायर भएको छ। 

यादवसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिव शंकर प्रसाद कुसवाहा, वडा नम्बर ४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजय कुमार चौधरी र विनोद साहविरुद्ध मुद्दा दायर भएको हो। 

यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र सव–इन्जिनियर जितेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफान विरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्धा दायर भएको हो। 

चक्रघट्टा–४ सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा उनीहरुले सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेको परिमाणको झुट्टा बिल भर्पाइ बनाई सरकारी रकम (बजेट) हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।नेपाल लाईभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते