सामाजिक सञ्जालमा चुनावी विज्ञापन गर्न उम्मेदवारले खर्चिए दुई करोड

पहिलेका चुनावहरुमा झैं सहरभरि पोस्टर टाँसेर, झन्डा छापेर र सभा आयोजना गरेर हुने खर्च सामाजिक सञ्जालतर्फ मोडियो

काठमाडौँ : हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबुकमा डलर खर्चिएर गरेका विज्ञापन चर्चाका विषय बने । फेसबुकमा कसले कति डलर खर्चिएर कन्टेन्ट बुस्ट गर्‍यो भनेर निकै लेखाजोखा भयो ।

तर, चुनावसम्बन्धी खर्च त्यति मात्र नभई सोसल मिडिया टिम बनाउन, कन्टेन्ट क्रिएसन गर्न, ग्राफिक डिजाइनिङदेखि अन्य शीर्षकमा पनि भएको जानकारहरू बताउँछन् । पहिलेका चुनावहरूमा झैं सारा सहरभरि पोस्टर टाँसेर, झन्डा छापेर, सभा आयोजना गरेर हुने खर्च अहिले सामाजिक सञ्जालतर्फ मोडिएको देखिन्छ ।

पछिल्लो एक महिना (अक्टोबर २०–नोभेम्बर १८) मा मेटा प्लाटफर्म (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) बाट नेपालमा ९ हजार १ सय ३२ वटा चुनावी विज्ञापन गरिएको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ । त्यसबापत मेटाले १ लाख ४० हजार ६ सय अमेरिकी डलर (हालको विनियम दरअनुसार १ करोड ८२ लाख ८३ हजार रुपैयाँभन्दा बढी) आम्दानी गरेको देखिन्छ ।

निर्वाचन आयोगका अनुसार यो सबै रकम नेपालबाट बाहिरिएको होइन । धेरैजसो रकम संयुक्त राज्य अमेरिकादेखि ब्राजिललगायत विभिन्न विदेशमा रहेका उम्मेदवारहरूका आफन्त, साथीभाइमार्फत भुक्तानी भएको आयोग स्रोतले जानकारी दिएको छ ।

हामीले कुराकानी गरेका धेरैजसो उम्मेदवारले परम्परागत शैलीले भन्दा सामाजिक सञ्जालबाट विज्ञापन गर्दा कम खर्च भएको बताएका छन् । आफ्नै पार्टीभित्रका जनशक्ति वा स्वयंसेवकहरूको सहयोगमा सोसल मिडिया कन्टेन्ट उत्पादन गरी खर्च कम गरेको उनीहरूको दाबी छ । सामाजिक सञ्जालमा गरेको खर्चसमेत सार्वजनिक गर्नुपर्ने निर्वाचन आयोगको नीतिका कारण उम्मेदवारहरूले स्पष्ट रूपले वा वास्तविक खर्च परिणाम नखुलाएका हुन सक्छन् ।

हामीलाई प्राप्त केही सूचनामा कतिपय उम्मेदवारले डिजिटल मार्केटिङका लागि व्यावसायिक समूह नै परिचालन गरी मोटो रकम छुट्याएका थिए । मेटाले पहिलोपल्ट सार्वजनिक गरेको चुनावको खर्चसम्बन्धी विवरणले पनि केही आँकडा प्रस्तुत गरेको छ | कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

२०७९ माघ २०, शुक्रबार ०९:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते