मन्त्री बन्न आफ्नै घरमा आगो झोस्नेबाट मकवानपुरको बिकास सम्भव छैन – बर्तौला

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो झोस्नेबाट मकवानपुरको बिकास संभव नभएको बताउनु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका ५, गोगनेमा आज कार्यकर्ता भेटघाट् कार्यक्रमलाई संबोधन गर्दै उहाँले मन्त्री पाउका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरी पनि आस गर्न नसकिने बताउनुभयो । कैलाश क्षेत्रमा आज पनि माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा बर्षाका कारण समस्या रहेको बताउदै उहाँले पालिका स्तरीय एक आवसिय बिधालय निर्माण गर्ने बर्तौलाले बताउनु भयो ।

उहाँले आफु एक थान साँसदको फुलि लगाउन हैन जनताको सेवा गर्न उम्मेदवार बनेर नागरिकको घरदैलोमा आइपुगेको बताउनुभयो । घर्तिखोलाबाट डाँडाबास हुँदै डाँडाखर्क भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । यहि सडक खण्डको गोगने कालिकाटार खण्ड जोड्ने सडक पनि सतरोन्नती गर्ने बताउनु भयो ।

कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नमबर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले एमालेले यो निर्वाचन जितेपछी अहिले पाउदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पुर्याउने बताउनु भयो । आफुले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भुमिका खेल्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

२०८० असार ६, बुधबार ०८:५६ गते
जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

२०८० जेष्ठ २७, शनिबार १२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते