बाल संरक्षण संस्थाको अध्यक्षमा पुनः राधा घिमिरे

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको बाल संरक्षण संस्थाको अध्यक्षमा राधा घिमिरे चयन हुनु भएको छ । वहाँ संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

शनिवार दिउँसो संस्थाको सभाहलमै बसेको २३ औँ बार्षिक साधारणसभाले पुनः घिमिरेलाई नै अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । घिमिरेको अध्यक्षतामा गठिन नयाँ कमिटिको उपाध्यक्षमा सोभा थापा, सचिवमा चन्द्रकला दर्जि, सहसचिवमा अनिता चौधरी, कोषाध्यक्षमा ज्ञानु बस्नेत र सदस्यहरुमा मधु परियार, मधु लम्साल, पोष्ट कुमारी काफ्ले, बिमला बुढाथोकी, शारदा पौडेल, कुन्ति राय यादव छन ।

वडा नम्बर ९ स्थित संस्थाको कार्यालयको सभाहलमा अध्यक्ष मुना उपाध्यायको अध्यक्षता तथा नेकपा एकिकृत समाजवादी पार्टी नेत्री एवं मधेश प्रदेस सभा सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर वासुदेब अधिकारीसहित वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष सुरेन्द्र न्यौपाने, वडा नम्बर ९ का वडासदस्य विनोद तिमल्सिना, वडा नम्बर २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमकी संचालिका भवानी कोईराला, राष्ट्रिय हृदय रोगका अध्यक्ष बाबुकाजी प्रधानसहित स्थानिय भद्रभलाद्मी, बुद्धिजिवि लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लुंगेलीले पछिल्लो समय महिलाले नेतृत्व गरेका संस्थाहरु सफल देखिएको र त्यस्ता संस्थामा आम मानिसको बिश्वास समेत बढ्ने गरेको आफुले पाएको बताउनु भएको थियो । उहाँले बाल संरक्षण संस्थाको काम, कर्तब्य अति नै उत्कृष्ठ रहेको र संस्था खोलेर मात्रै नहुने, त्यसको असल नेतृत्व गर्ने क्षमता भएका ब्यक्तिहरु हुनु आवश्यक भएको बताउनुभयो । जिल्लामा हजारौँ संस्थाहरु खुलिरहेका र ति मध्ये असल नेतृत्व गर्ने क्षमता भएका ब्यक्तिले चलाएका संस्थामात्रै टिकिरहेको उदाहरण प्रस्तुत गर्नुहुँदै सांसद लुंगेलीले नयाँ आउने नेतृत्व सबल र सफल होस भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन नवनिर्वाचित सचिव चन्द्रकला दर्जिले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज गुरु नानकको जन्मजयन्ती 

आज गुरु नानकको जन्मजयन्ती 

२०७९ कार्तिक २२, मंगलवार ०८:३४ गते
जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते