रहेनन् बलिउडका हास्य कलाकार राजु श्रीवास्तव

भारत : बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार ( आज ) बिहान भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए , तर झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

लखनउको कानपुरका राजु अमिताभ बच्चनको ‘ दिवार ’ फिल्म हेरेपछि अभिनेता बन्न मुम्बई आएका थिए । शुरुमा अटो ड्राइभर बनेका उनले बलिउड छिर्न ४ -५ वर्ष संघर्ष गरेका थिए । एक दिन एकजना यात्रुले राजुलाई स्टेज परफरमेन्स गर्न सल्लाह दिएपछि उनले स्टेज शो गरेका थिए । जसमा उनलाई सुरुमा ५० रुपैयाँ पारिश्रमिक दिइएको थियो । पछि उनले लगातार कमेडी स्टेज शो गरे र सबैको लोकप्रिय बने ।

उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया , बाजीगर , वाह तेरे क्या कहेना , बाम्बे टु गोवा , आम्दानी अठनी खर्च रुपैयाँ , मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

२०८० जेष्ठ ३०, मंगलवार १६:०३ गते
आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

२०७९ भाद्र ११, शनिबार ००:२६ गते
धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

२०८० आश्विन १८, बिहीबार २०:२३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते