परवानीपुर स्वास्थ्य चौकीमा सुत्केरी भएका ४२ जनालाई नगरले घोषणा गरेको पोषण भत्ता बितरण

लालबन्दी : परवानीपुर स्वास्थ्य चौकीमा सुत्केरी भएका सुत्केरीहरुलाई आज (मंगलवार) एक कार्यक्रम गरि पोषण भत्ता प्रदान गरिएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १६ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरी भएका वडा नम्बर १५ र १६ का सुत्केरी महिलाहरुलाई पोषण भत्तास्वरुप पाँच हजारका दरले प्रदान गरिएको हो । आर्थिक बर्ष २०७९/८० को साउन महिनादेखि यता परवानीपुर स्वास्थ्य चौकीमा सुत्केरी भएका र नियमित जाँच गराई त्यहाँबाट रेफर भई अन्यत्र सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका ४२ जनालाई पोषण भत्ता प्रदान गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।

लाबलन्दी नगरपालिकाका नगरप्रमुख वासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यचौकी ईन्जार्ज हिमांसुशेखर कर्ण, वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा, १५ का वडाध्यक्ष गोरख बल, दुवै वडाका वडासदस्यहरु, लालबन्दी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरेन्द्र खतिवडा, नगर कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको स्वास्थ्य चौकीका हृदेश यादवले जानकारी दिनुभयो ।

नगरप्रमुख अधिकारीले निर्वाचित भएपछि कार्यभार सम्हाल्ने क्रममा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नेपाल सरकारले दिँदै आएको रकमबाहेक नगरको तर्फबाट थप ५ हजार रुपैयाँ प्रदान गर्ने पहिलो निर्णय गरेका थिए । सोही निर्णय अनुसार गएको मंगलबार पहिलो पटक प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा ८ जना सुत्केरी महिलालाई सुत्केरी पोषण खर्चबापत जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सुत्केरी पोषण खर्च वितरणका लागि नगरपालिकाले कार्यविधि नै बनाएको छ । सो कार्यविधि अनुसार गएको साउनदेखि नगरपालिकाको वडा नं. ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे, वडा नं. १६ मा रहेको परवानपिुर स्वास्थ्य चौकी र वडा नं. १३ मा रहेको स्वास्थ्य चौकी पत्थरकोटमा गएर प्रसुति गराएका सुत्केरीलाई सुत्केरी पोषण खर्च वितरण गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानीले बताउनुभयो ।

नगरपालिकाभित्रका ति तीनवटा स्वास्थ्य संस्थामा मात्रै बर्थिङ सेन्टर संचालनमा छन् । लालबन्दी नगरपालिकाभित्रका सुत्केरीले मात्रै ५ हजार रुपैयाँ सुत्केरी पोषण खर्च पाउने नगरपालिकाले जनाएको छ । त्यसबाहेक गर्भवति महिलाहरुले ४ पटक नियमित गर्भ जाँच गराएवापत आठ सय र सुत्केरी भएपश्चात यातायात खर्चस्वरुप एक हजार पाउँदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

२०७९ पुष १५, शुक्रबार ०९:४१ गते
सुख-शान्तिको चाहना : प्रेम रावत

सुख-शान्तिको चाहना : प्रेम रावत

२०७९ कार्तिक २४, बिहीबार २०:१५ गते
बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

२०८० भाद्र ३१, आईतवार ०७:१७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते