रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

सर्लाही | गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले उनलाई समर्थन गरेका थिए ।

राष्ट्रपति निर्वाचनमा ५ भोट बदर भएको छ । खसेको कुल ८३१ मतमध्ये ५ मत बदर भएको हो । ५३ जनाले भोट हालेनन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते