रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई नगरपालिकाको धन्यवाद

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा सोमबार भएको रक्तदान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई लालबन्दी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

नगरपालिकाको आयोजनामा सोमबार बिहानदेखि लालबन्दी बजारमा रगतदान कार्यक्रम भएको थियो । कार्यक्रमलाई जेसिज, लायन्स क्लव अफ लालबन्दी र सेन्चुरीसहित अन्य बिभिन्न ब्यक्ति तथा संस्थाले सहयोग गरेका थिए ।

मंगलबार दिउँसो नगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको हो । उसले आगामि दिनमा नगरपालिका गर्ने मानवहितको काममा निरन्तर सहयोग पाईने अपेक्षा गरेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ ।

रक्तदान कार्यक्रममा ८८ जनाले रगत दान गरेका थिए । निजामति सेवा दिवश २०८० को पूर्व सन्ध्यामा नेपाल रेडक्रस सोसाईटि धनुषाले संचालन गरेको रक्तसंचार केन्द्र जनकपुरको प्राबिधिक सहयोगमा गरिएको कार्यक्रममा ७२ जना पुरुष र १६ जना महिलाले रगत दान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

२०८० असार ३, आईतवार १७:५३ गते
धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

२०८० आश्विन १८, बिहीबार २०:२३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते