सुख, दुःख साटासाट गर्ने थलो : पद्म भुवनेश्वरी नमुना बृद्धाश्रम

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमलाई धेरैले आफ्नो सुख, दुःख साटासाट गर्ने थलोका रुपमा लिन थालेका छन । ‘जन्मदिन होस वा पुण्य तिथी, बिजयी हुँदा होस वा सेवा गर्ने मुड चल्दा’ प्रायः सबैजसो सो बृद्धाश्रममा पुग्छन र आश्रममा आश्रीत बृद्धबृद्धासँग दुःख, सुख बाँड्छन ।

शनिवार मात्रै पनि रचनात्मक सेवाभावबाट प्रेरित एक युवाले आफ्नो जन्मदिन बृद्धाश्रममा पुगेर मनाएका छन । हरिवन ५ घुर्कोलीस्थित चेतना शन्देस नेपाल बालगृहकी संचालिका एवं बिद्यार्थी नेतृ आरति लामाले आश्रममा आश्रीतहरुलाई एक छाक मिष्ठान्न भोजन गराउनुभएको छ । लामाले आज बिहानको एक छाक मिष्ठान्न भोजन गराउनुभएको आश्रमकि सांचालीका भवानी कोईरालाले जानकारी दिनुभयो ।

त्यसैगरि शनिवार नै एक संस्थाले पनि आश्रममा पुगेर आफ्नो संस्थाको वार्षिकोत्सवको अवशरमा सेवा गरेको छ । सिस्टरहुड नेपालको टिम सर्लाहीले आफ्नो आठौँ उत्सव बृद्धाश्रममा मनाएको हो । संस्थाको तर्फबाट दुर्गा बराल, सुजिता खतिवडा, सर्मिला थापा, कायरा पोख्रेल, संगिता विश्वकर्मा, कमला वडाल, आरती भण्डारी, यमुना महत, यशोदा दाहाल, मनुमाया थिङ, सरिस्मा खनाल, दिव्या साहशंकर, त्रिसा पोखरेल, अनिष खड्का र ईसाद मिकरानीको टिमले आश्रममा दिउँसो खाजा खुवाउनुका साथै बिभिन्न सहयोग समेत गरेको छ ।

आश्रमकी संचालीका कोईरालाका अनुसार सिस्टरहुड नेपालको टिमले आश्रमलाई ५० केजी आलु, ५० केजी चामल, २० केजी चिउरा, ३ केजी भुजासहित नुन, तेल, मसला र पानी तताउने ५ लिटरको ईलेक्ट्रिक जगसमेत प्रदान गरेको छ ।

आश्रममा केक काटेर आफ्नो आठौँ उत्सव मनाउने सिस्टरहुड नेपाल र आश्रममा जन्मदिन मनाउने आरति लामालाई आश्रमका तर्फबाट संचालिका कोईरालाले शुभकामना दिँदै धन्यवाद ब्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते