जनमत पार्टीका प्रदेश सांसदको अनुमोदन रेटिङ्ग मत सर्वेक्षण

लालबन्दी । जनमत पार्टीले प्रदेश सभा सदस्यहरुको अनुमोदन रेटिङ्ग मतसर्भेक्षण गरेको छ ।

जनमत पार्टीले शनिवार सर्लाहीसहित मधेश प्रदेश तथा अन्य विभिन्न प्रदेशमा प्रदेश सांसदले गरेको कामलाई समेटर अनुमोदन रेटिंगको सर्भेक्षण गरेको हो । अनुुमोद रेटिङ्ग मतसर्भेक्षण जनमत पार्टीबाट निर्वाचित सांसदहरुले हाल सम्म गरेको कार्य मुुल्यांकनको लागि गर्ने मत सर्भेक्षण प्रक्रिया रहेको जनमत पार्टीले जनाएको छ ।

सोही अनुरुप सर्लाही निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) तर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हसिना खातुनको पनि अनुमोदन रेटिङ्ग मतसर्भेछन भएको छ । जनमतबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको विकास निर्माण तथा अन्य कार्य संतोष जनक रहेनरहेको मुल्यांकन गर्न मतदान गरिएको जनमत पार्टीका नेता हरि प्रसाद देवकोटाले जानकारी दिए । हरिपुर नगरपालिकाको महाविर जनता उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार बिहान अनुमोदन रेटिङ्ग मतदान भएको निर्वाचन अधिकृत श्रीचन यादवले जानकारी दिए ।

अनुमोदन रेटिङ्ग मतसर्भेक्षणमा जम्मा १७ वटा मत खसेको थियो, जस मध्ये प्रदेश सांसद खातुुनको पक्षमा ८ मत र विपक्षमा ८ मत र १ मत बदर भएको निर्वाचन अधिकृत यादवले जानकारी दिए । अनुमोदन रेटिङ्ग मतदानमा जनमत पार्टीको केन्द्रिय सदस्य, जनप्रतिनिधिहरु जिल्लाका प्रतिनिधि र प्रत्याशी उम्मेदवार गरी जम्मा १७ जनाले मतदान गरेको निर्वाचन अधिकृत यादवले जानकारी दिए ।

जनमत पार्टीबाट निर्वाचित सर्लाही निर्वाचन क्षेत्र नम्बर १(ख) अनुमोदन मुल्यांकनको मत परिणाम अनुसार खातुनको मत सन्तोष जनक रहेको र खसेको मतको ५१ प्रतिशत मतभार ल्याएको कारणले प्रदेश सांसद खातुन निर्वाचित भएको निर्वाचन अधिकृत यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

२०८० कार्तिक २६, आईतवार १४:१२ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते