मतदाता भेट्न र धन्यवाद ब्यक्त गर्न गाउँ गाउँ पुग्दै सांसद लुंगेली

लालबन्दी : प्रदेशसभा सांसदमा दाश्रो पटक जनताले चुनेर पठाएपछि सांसद बेची लुंगेली यतिबेला मतदाता भेटघाटमा ब्यस्त छिन । प्रतिस्पर्धिभन्दा दोब्बर मतान्तरसहित बिजयी लुंगेली आफ्नो क्षेत्रका मतदाता भेट्न गाउँ गाउँ पुगेकी हुन ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीकि नेत्री लुंगेली प्रतिनिधिसभामा लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा)बाट बिजयी राम प्रकाश चौधरीसहित मतदाता भेट्न गाउँ गाउँ गएकी हुन । मंगलवार लुंगेली र चौधरी ईश्वरपुर नगरपालिका १२ घारीबथानमा स्थानिय मतदातासँग धन्यवाद ब्यक्त गर्न र शुवेक्षा थाप्न पुगेका छन ।

आफुले भोट हालेर जितेका नेताले घर गाउँमै भेट्न आउँदा स्थानियले खुसि प्रकट गरेका छन । गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनताका उम्मेदवार मतदातालाई भेट्न नगएको गुनासो सुनिएको थियो ।

अहिले लोकप्रिय मतसहित मधेश प्रदेस सांसदमा बिजयी लुंगेली र प्रतिनिधिसभामा बिजयी चौधरीले मतदाता भेट्न र धन्यवाद ब्यक्त गर्न गाउँघरमै पुगेपछि स्थानिय खुसि भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते
आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

२०७९ माघ ४, बुधबार ०६:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते