अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व सम्बन्धि कार्यक्रम सम्पन्न

प्रदीप कुमार दास, रौतहट । रौतहटकाे चन्द्रपुरमा अवस्थित होटल तराई इनमा बाल कल्याणका लागि अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व बारे एक दिवसीय तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबालिकाहरुको सहभागितामा भव्यताका साथ एकदिवसीय तालिम सम्पन्न भएको आयोजकले जनाएको छ ।

तालिममा कार्यक्रमको उद्देश्यबारे छलफल र अपेक्षा संकलन, दिवस बारे जानकारी र यसको महत्व, सकारात्मक अभिभावकत्व, अभिभावक र बालबालिका बीचको सम्बन्ध र सकारात्मक वातावरण, बालबालिकालाई समस्या समाधान गर्न सिकाउने, अनुशासन र मार्ग निर्देशन कसरी गर्ने लगाएतका बारेमा जानकारी गराइएकाे थियाे ।

यो दिवस सन् १९५४ बाट प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ । अमेरिकाले भने सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो । सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ । विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो । बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ काे ४२ धारा सबै कार्यान्वयनमा छन्। यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था छन् ।

कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू र निरन नेपालका जिल्ला अध्यक्ष मो. अनिसुर रहमान, सचिव शिवशंकर पासवान, पास्टर दीपक श्रेष्ठ, धर्म गुरुहरू, पत्रकार, बालबालिका लगायत अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४, बिहीबार १०:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते