सर्लाहीमा मतदान अधिकृतको प्रशिक्षण सकियो, ४ हजार ८०० कर्मचारीलाई आइतबार नियुक्ती पत्र दिईने

लालबन्दी । सर्लाहीको ४ निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दिईने प्रशिक्षण सकिएको छ ।

शनिबार जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा क्षेत्र नं. १ को ७८ वटा मतदानस्थलअन्तर्गत रहेका १५३ मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिईएसँगै प्रशिक्षणको कार्यक्रम सक्किएको हो । उनिहरुलाई निर्वाचन कसरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने भन्ने बिषयमा प्रशिक्षण प्रदान गरिएको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा चारवटै निर्वाचन क्षेत्रका ३/३ जना जगेडा मतदान अधिकृत पनि सहभागी भएका थिए । मंसिर ४ को निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र त्यसअन्तर्गत ६०० मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा ३ वटा अस्थायी मतदान स्थल तोकिएका छन् ।

एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्मल पोख्रेलले जानकारी दिनुभयो । चारवटै निर्वाचन क्षेत्रमा खटिने चार हजार ८०० सय कर्मचारीलाई आइतबारबाट नियुक्ती पत्र दिइ मतदान केन्द्र तोकेर पठाइने छ ।

सर्लाहीमा चार लाख ७९ हजार ३८ जना मतदाता छन भने ४ जना प्रतिनिधि सभा सदस्यका लागि ६९ जना र आठ जना प्रदेश सभा सदस्यका लागि १३३ जना चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते