एनएमबि बैंक लालबन्दी शाखाद्वारा टेम्पो चालकलाई क्युआर र ज्याकेट वितरण

लालबन्दी । एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दीका टेम्पो चालकहरुलाई क्युआर र ज्याकेट वितरण गरेको छ ।

बैंकले आफ्नो डिजिटल प्रावधान कार्यक्रम अन्तर्गत ‘नगद छोडौँ, क्युआर रोजौँ’ भन्ने मुल नारा अन्तर्गत टेम्पो चालकहरुलाई क्युआर र ज्याकेट वितरण हो । बैंकले सर्लाहीको लालबन्दी र फुलजोरमा कार्यक्रम गरि चालकलाई सो सामाग्री वितरण गरेको लालबन्दी शाखा प्रमुख अरुण आचार्यले जानकारी दिनुभयो ।

लालबन्दी र फुलजोरका गरि ४० जना चालकलाई क्युआर र युभि रिफ्लेक्टर ज्याकेट वितरण गरिएको हो । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत चालकहरुलाई क्युआर वितरण गरेको हो । आचार्यका अनुसार एनएमबी बैंकको क्यूआर कोड राख्दा बिना धितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सकिने भएको छ । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।

यो सुविधा आफ्नो व्यापार तथा व्यवसायको अनलाइन भुक्तानीका लागि एनएमबी बैंकको क्यूआर कोड राख्नेहरूले मात्रै पाउने छन् । यस्तो कर्जा धितो बिना मात्र नभई छिटो, आवश्यक कागजात झन्झट बिना डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने आचार्यले बताउनुभयो ।

यसका लागि व्यवसाय एकल स्वामित्व तथा साझेदारीमा सञ्चालित व्यवसायिक कम्पनीको रूपमा रहेको हुनुपर्छ । साथै एनएमबी क्यूआरमार्फत कम्तिमा एक वर्षदेखि सक्रियता पूर्वक कारोबार गरेको र प्रमाणित केवाईसीसहित एनएमबी बैंकमा खाता समेत खोलेको हुनुपर्छ ।

बैंकका लालबन्दी शाखा प्रमुख आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यस भेगमा धेरै सामाजिक र सार्वजनिक कार्यक्रमहरु संचालन गर्दै आउनुभएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते
बडादसैँ सुरु, आज घटस्थापना

बडादसैँ सुरु, आज घटस्थापना

२०८० आश्विन २८, आईतवार ०९:२३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते