सिरकालिन्जोरमा पनि बिद्युत पुग्यो, मेयरसहितको टोलीले गरे बत्ति बालेर बिद्युत सेवा सुभारम्भ

लालबन्दी : सर्लाहीको उत्तरी भेग, लालबन्दी नगरपालिकाको वडा नम्बर १५ का बिकट केहि बस्तिमा बुधवारबाट बिजुली बत्ति बलेको छ ।

त्यहाँ जडान गरिएको नयाँ ट्रान्सफर्ममा बुधवार लालबन्दी नगरप्रमुख, बिद्युत प्राधिकरण लालबन्दी बितरण केन्द्र प्रमुख र वडाध्यक्षसहितको टोली पुगेर बत्ति बाल्दै बिद्युत सेवाको सुभारम्भ गरेका छन । लालबन्दीबाट कालिन्जोर खोलाको बाटो हुँदै गाडिमै जाँदा पनि करिव दुई अढाई घण्टा पुग्नै लाग्ने सिरकालिन्जोरमा बिजुली बत्तिको सुभारम्भ गर्नका लागी मेयर वासुदेब अधिकारी, बिद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्र प्रमुख संजिव कुमार साह, वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, जिल्ला समन्वय समिती सदस्य एवं वडा सदस्य हेम कार्कि, स्थानिय श्री जनता आधारभुत बिद्यालयका प्रधानाध्यापक नहिन्द्रराज भट्टराई लगाएत स्थानिय उपभोक्ता भेला भएका थिए ।

त्यस क्षेत्रमा बिद्युत सेवा पु¥याउनका लागी २० केभिको ५ ओटा ट्रान्सफर्मर जडान गरिएको छ । हाल सो क्षेत्रमा करिव साँढे तिनसय परिवारले बिद्युत सेवा उपभोग गर्न सक्ने छन । सिन्धुलीको बोर्डर चुरेसँगैको बस्तिमा बिजुली बत्ति पुगेपछि त्यहाँका स्थानिय खुसि भएका छन । खुसि भएका स्थानियले मेयरसहितको त्यहाँ पुगेको टोलीलाई फुलमाला लगाएर सम्मान प्रकट गरेका थिए । एउटै वडा भएपनि ठुलो क्षेत्रफल भएकोले वडा नम्बर १५ को सवै वडामा अझैपनि बिद्युत सेवा पुग्न सकेको छैन ।

डाँडा पाखा, खोला खोल्सा भएर पुग्नुपर्ने बस्तिहरुमा बिद्युत पु¥याउन चुनौति रहेको वडाध्यक्ष बलले बताए । बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बत्ति बालेर बिद्युत सेवा बिस्तारको सुभारम्भ गरे पनि त्यसको दिगोपनाका लागी अप्ठ्यारो अवस्था रहेको बताएका थिए । उनले सो क्षेत्रमा बिद्युतको निरन्तरताका लागी वडा र नगरले पनि समन्वय गर्नुपर्ने बताए । त्यसैगरि मेयर अधिकारीले भौगोलीक बिकटताका कारण पालिका भित्रका सवै क्षेत्रमा समान बिकाश हुन नसकेको र हालको अवशर र चुनौतीलाई पनि सबैले मिलेर सामना गर्नुपर्ने बताएका थिए ।

सो क्षेत्रमा मोबाईल नेटवर्कको समस्या रहेको भन्दै त्यहाँका स्थानियले त्यसको लागी पनि पहल गरिदिन वडाध्यक्ष र मेयरलाई आग्रह गरेका थिए । वडा नम्बर १५ को समथर भुभागबाट उत्तर लागेपछि कुनै पनि मोबाईलको नेटवर्क आउँदैन । त्यस क्षेत्रबाट आपतकालीन अवस्थामा कहिँ कतै फोन गर्नु परेमा नेटवर्क खोज्दै डाँडा र रुखको बुटा चढ्नुपर्ने अवस्था रहेको छ । त्यस भेगका धेरैजसो युवा युवतिहरु बैदेशिक रोजगारीका लागी खाडि मुलुकमा छन्, उनिहरुसँग कुरा गर्नका लागी पनि यहाँका परिवारका सदस्यले परवानीपुर चोक र लालबन्दी बजार झर्नुपर्ने अवस्था छ ।

त्यसैगरि सो ठाउँमा पहिलो पटक नगरप्रमुखसहितका केहि पदाधिकारी पुगेको अवशरमा स्थानिय बिद्यालयको निरिक्षण तथा अनुगमनसमेत गरिएको बिद्यालयका प्रधानाध्यापक भट्टराईले जानकारी दिए । बिद्यालयको निशिक्षण पश्चात नगरप्रमुख अधिकारीले बिद्यालयको अवस्थाको बारेमा अवगत भएको, अवस्था सन्तोषजनक पाईएको र भौतिक तथा जनशक्ति ब्यवस्थापनको आवश्यकता महसुश गरि त्यस्को ब्यवस्थापनका लागी पहल गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते
आशा थियो एउटामा, अवसर अरुले दियो

आशा थियो एउटामा, अवसर अरुले दियो

२०७९ फाल्गुन ५, शुक्रबार २१:५० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते