बिरबहादुर लामा पार्क व्यवस्थीत गरेर कम्युनिस्ट भुमिलाई देसव्यापी चिनाउनेछु- महेश बर्तौला

मकवानपुर | नेकपा एमाले बागमती प्रदेशका उपसचिव तथा मकवानपुर प्रतिनिधि क्षेत्र नं. २ का युवा उम्मेदवार महेश बर्तौलाले बिरबहादुर लामा पार्क व्यवस्थीत गरेर कम्युनिस्ट भुमिलाई देसव्यापी चिनाउने बताएका छन् |

नेकपा एमाले वडा पार्टी कमिटी इन्द्रसरोवर ४, पुरण्डि फाखेलको आयोजना गरेको कार्यक्रम मा बोल्दै, मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी एमालेको बिकास र बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने कमरेड वीर बहादुर लामाको नाममा स्थानियले निर्माण गर्न लागेको पार्क व्यवस्थापन, बिकास र संरक्षणमा आफुले ध्यान दिने बताउनु भयो । उहाँले राजधानी काठमाडौ र बागमती प्रदेसको राजधानी हेटौंडा जोड्ने पहिलो सडक खण्डलाई संरक्षण गर्ने बताउनुभयो ।

फाखेलमा तामाङ्ग समुदायको बाहुल्यता रहेकोले तामाङ्ग समुदायको ईतिहास संस्कृति देखिने साँस्कृतिक संग्राहलय निर्माणमा आफुले ध्यान दिने बताउनु भयो । बिष्णु ढकालको भनाई: उम्मेदवार ढकालले ईतिहास पल्टाएर हेर्दा जती बेला स्थानियले जित्यो त्यतिबेला बिकास भएको प्रष्ट्याउदै आफूहरु दुबै जना उम्मेदवार स्थानिय भएको र आफुहरुलाई भुगोलको मायाँ रहेको बताउनु भयो । बिरबहादु लामाको सम्झना गर्दै ढकालले एमालेले जनप्रतिनिधि सिफारिस गरेर निर्वाचित भएका लामाको कार्यकालमा फाखेल सडक निर्माण भएको बताउनुभयो । बिपक्षिहरु प्रदेसमा जातको नाममा भ्रम फैल्याएर भोट मागेकोले कम्युनिस्ट पार्टी र कम्युनिस्ट सिद्धान्त जाती समुदाय बिशेष नहुने बताउनु भयो ।

यद्यपि उहाँले प्रदेस सभामै एमालेले बाहुन मात्रै नभइ पुरानो कम्युनिस्ट नेता बलराम बल तामाङ्गलाई पनि यहि भुगोलबाट समानुपातिक तर्फ उम्मेदवार बनाएको बताउनुभयो । बिपक्षिसंग आफुले बिकास गरेको बिषय र एजेन्डा नभए पछि जातिए नारा लगाउन थालेकोमा सचेत रहन र जनतालाई सअचेत बनाउन अअग्रह गर्नु भयो । अघिल्लो निर्वाचन जितेर मन्त्री बनेका साँसदहरुले फाखेलको बिकासमा नसोचेको बताउनुभयो । आफु आदिबासी जनजाती समुदाय र तामाङ्ग समुदायसंग नजिक भएर काम गरेको अनुभव सुनाउदै तामाङसंग आफ्नो मन देखिको सम्बन्ध रहेको बताउनुभयो ।

आफुले जित्दा तामाङ्ग समुदायको समुदायगत बिकासमा महत्वोपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाले फाखेललाई कम्युनिस्ट पार्टिको उर्बर भुमी रहेको बताउदै उहाँले मालेकालिस समयमा यहाँका तामाङहरुले कम्युनिस्ट नेताहरुलाई संरक्षण गरेर राखेको र आफुले जिल्लाव्यापी कार्यक्रममा हिन्दा फाखेको चर्चा गर्ने गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

२०८० भाद्र १, शुक्रबार १०:५२ गते
दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते