साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड

साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड (भिडियाे सहित) चितवन ।पवित्र धार्मिक स्थल देवघाटमा आज साउनको अन्तिम सोमबार भक्तजनको घुइँचो लागेको छ । भक्तजनको घुइँचो लागेपछि मन्दिरमा पूजा गर्न र झोलुँगे पुल तर्न भक्तजन चर्काे घाममा लामो समय लाइन बस्नु परेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको घुइँचो आज बढी देखिएको हो ।

त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट आउन थालेका थिए । अहिले पनि स्नान गर्ने जाने क्रम जारी छ । व्रत नबस्नेहरुको पुनि उत्तिकै ओहिरो लागेको छ । देवघाटको वारी चितवनतर्फ स्नान गरेर फर्कनेहरु पनि थुप्रै छन् । तर अधिकांश भक्त जन पारी तनहुँतर्फ वेणी संगममै पुगेका छन् । पुलमा भिड नहोस् भनेर पुल तर्नका लागि भक्तजनहरुलाई लाइनमा राखिएको छ । लाइन निकै लामो थियो । मन्दिरमा पूजा गर्नका लागि पनि भक्तजनको लामै लाइन लागेको छ । केही भक्तजनहरू खाली खुट्टै स्नान गर्न पुगेको देखिन्थ्यो । चितवनतर्फबाट गएका भक्तजन झोलुंगे पुलबाट मात्रै तनहुँतर्फ पुगेका छन् ।

यसपटक बाढीले वेणी संगम डुबाएको छ । भक्तजनलाई नदी तार्न प्रयोग गरिँदै आएको डुंगाको प्रयोगमा पनि यसपटक रोक लगाइएको छ । पानीको वेग भएकाले डुंगा नचलाइएको हो । तसर्थ झोलुंगे पुल तर्नका लागि लामो लाइनमा भक्तजनहरु बस्नु परेको हो । देवघाट जाने सवारी साधनको जामले गर्दा जंगलको कच्चि र ओरालो बाटोमा सवारी चालकलाई सवारी गुडाउन समेत निकै संघर्ष गर्नुपरेको देखिन्थ्यो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । देवघाटमा आज झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । साउनको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको अनुमान गरिएको थियो ।

‘यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागीता देखिन्छ’, उनले भने, ‘अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर आउनु भएको छ ।’ सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको अध्यक्ष अधिकारीले बताए । ट्राफिक व्यवस्थापनका लागि रामनगर–देवघाट सडकलाई प्रवेश मार्ग बनाइएको छ भने आँपटारी–देवघाट सडकलाई बाहिरीने बाटो बनाइएको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । साउनको अन्तिम सोमबार नयाँ व्रतालुले पनि साउने व्रत सुरु गर्ने गर्छन् । देवघाटको धार्मिक महिमा सत्यगुगदेखि रहेकाले पनि देवघाटमा अत्याधिक भिड लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते