कौडेनामा एक दिने निशुल्क स्वास्थ्य शिबिर शनिवार सम्पन्न

मलंगवा : सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासी स्वास्थ्य चौकीमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कौडेना गाउँपालिका वडा नं. २ को वडा कार्यालयले स्वास्थ्य चौकीमा निःशुल्क शिविर राखेर स्थानीय नागरिकलाई डेन्टल तथा जेनरल फिजिसियन सेवा प्रदान गरेको हो । वडाध्यक्ष रामदरेश ठाकुरको अध्यक्षतामा आयोजित शिविरमा दाँतका मात्रै १०७ जना बिरामीको उपचार गरिएको छ ।

त्यसमध्ये दन्तरोग विशेषज्ञ डाक्टर अमृता यादव नेतृत्वको टोलीले ३३ जनाको दाँत फुकाल्ने काम गरेको छ । त्यसैगरी, जेनरल फिजिसियन डाक्टर राहुल यादव नेतृत्वको टोलीले १५० जनालाई ब्लड प्रेसर, चिनी रोग पहिचानलगायतको सेवा प्रदान गरेको छ ।

शिविरमा बिरामीलाई औषधि समेत निःशुल्क बाँडिएको त्यहाँबाट धिरोज रायले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ १ गते आइतवारको दैनिक राशिफल

आज माघ १ गते आइतवारको दैनिक राशिफल

२०७९ माघ १, आईतवार ०६:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते