दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

बरहथवा : नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हरिपुर नगरपालिका–१, हजार बिगाहको सभा हलमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष विरेन्द्र सिंहको प्रमुख आतिथ्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले कुशवाहा समाजले समाजमा आपसी भाईचरा कायम गर्दै समाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए ।

कुशवाहा समाजले मधेसी समाजको समृद्धि तथा विकासका लागि अग्रणी भुमिका खेल्दै आएको उन्ले दाबी गरे । कुशवाहा समाजलाई सबै पार्टीले विभेद गर्दै आएको उन्को दावी थियो । कुशवाहाको संख्या तराई मधेसमा धेरै भएपनि केही कथित राजनीतिक शक्तिले आफ्नो स्वार्थ पुरा गर्नका लागि राजनीतिक प्रतिनिधित्वमा पछाडी पार्दै आएको जिकिर गरे ।

कार्यक्रममा सहभागिहरुले कुशवाहा समुदायलाई आदर्श समाज स्थापना गर्न छोरीलाई उच्च शिक्षा दिन तथा दाइजो प्रथा र बालविवाह जस्ता कुरिती कुसंस्कारलाई निरुत्साहित गर्नुपर्नेमा सहभागी बक्ताहरुले जोड दिए । समाजमा ब्याप्त आन्तरिक द्वन्द्वलाई समाप्त गरि राजनीतिमा प्रतिनिधित्व बढाउनका सबैमा भावनात्मक र राजनीतिक एकता हुनु पर्ने उनीहरुको भनाई थियो ।

दाइजो लिने व्यक्तिहरू असली कुशवशी नहुने र त्यस्ता प्रबृत्तीबाट छोरी बचाई समाजलाई पाठ सिकाउनु पर्ने सहभागी राधेश्याम महतोको भनाई थियो । कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति सर्लाही, किस नेपाल सर्लाही तथा हरिपुर नगर कार्य समितिले संयुक्त रूपमा आयोजना गरेका हुन् । शुभकामना अदान प्रदान कार्यक्रमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको विशिष्ट अतिथ्यता रहेको थियो ।

समाजसेवी पुहुप नारायण महतो, सियाराम महतो, राज नारायण महतो, श्यामसुन्दर महतो, युवा नेता दिपक महतो, नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्द्रिय उपाध्यक्ष तथा संचारकर्मी घनश्याम सिंह, किस नेपालको जिल्ला अध्यक्ष भरतलाल महतो, सचिव राम विश्वास महतो, समाजका हरिपुर नगर अध्यक्ष राज कुमार महतो, किस नेपालको हरिपुर नगर अध्यक्ष बिकाउ महतो, पत्रकार राजेश कुशवाहा, राधेश्याम कुशवाहाको साथै समाजका बिशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

२०८० जेष्ठ ४, बिहीबार २१:१० गते
लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

२०७९ फाल्गुन २३, मंगलवार १०:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते