एक पछि अर्को रहर जगायौँ तिमीले
मद्होशी भै प्रेमिल लहर बगायौ तिमीले
लाग्दै थियो यो त कतै सपना हो कि भन्ने
काँढा भित्र फूलको शहर लगायौ तिमीले
अन्जान थिएँ जिन्दगीका तरङ्गमा म त
उराठ लाग्ने कालो कहर भगायौ तिमिले
हरेक रात सपनीमा आउने बानी लगाएर
एउटा अमृत अर्को जहर मगायौ तिमीले
आखिर छोडि जानू रैछ खुसि जलाएर
निश्चल निर्मल मेरा ठहर डगायौ तिमीले ।
- परशुराम घिमिरे (निदान)
मकवानपुर, हैटौंडा ।