मंसिर ४ को निर्वाचनको सर्लाहीको सम्पुर्ण मत परिणाम सार्वजनिक

लालबन्दी : यहि मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुनेतर्फको सर्लाहीको सम्पुर्ण मत परिणाम सार्वजनिक भएको छ । चार ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येकमा २ प्रदेशसभा गरि ८ ओटा क्षेत्र रहेका छन । सबैभन्दा अन्तिममा शनिवार अबेर निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लाबाट पहिलो हुने निर्वाचित हुनेतर्फका ४ जना प्रतिनिधिसभा सांसद र ८ जना प्रदेशसभा सांसद निर्वाचित भएका हुन ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनका राम प्रकाश चौधरी २८ हजार ८४८ मत ल्याएर प्रतिनिधिसभामा निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दि एमाले छोडी स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका मान बहादुर खड्काले १८ हजार ४०४ मत पाए । नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक (ईन्स्पेक्टर) चौधरी लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का हुन । त्यसैगरि सर्लाही १ को (क) र (ख) मा पुर्व सांसदहरु नै निर्वाचित भएका छन । १ मा लोसपाकै उपेन्द्र महतो निर्वाचित भए । १२ हजार २६५ मत पाएर निर्वाचित भएका महतो सोहि क्षेत्रका निवर्तमान सांसदसमेत हुन । उनका प्रतिस्पर्धि माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहले १० हजार १३७ मत पाए ।

त्यस्तै १ को (ख) मा बेची लुंगेली बिजयी भईन । १३ हजार ३०१ लोकप्रिय मत ल्याएकी लंगुली नेकपा (एकिकृत समाजवादी)की उम्मेदवार हुन । उनि पनि सोहि क्षेत्रको निवर्तमान सांसद नै हुन । उनको प्रतिद्वन्दी नेकपा एमालेकी शान्ति कुमारी लामाले ६ हजार ९१३ मत पाएकी थिईन । सर्लाही १ मा प्रतिनिधिसभाका लागी १९ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेशसभाका लागी २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसैगरि सर्लाही २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का महिन्द्र राय यादव निर्वाचित भएका छन । नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर चुनाव लडेका यादवले २३ हजार ५२९ मत पाए । पुर्व कृषि तथा पशुपंक्षि बिकाश मन्त्रीसमेत रहेका रायले लोसपाका राजेन्द्र महतोलाई २ हजार ११ मतले पराजित गरेका हुन । प्रदेशसभातर्फ २ (क) मा नेपाली कांग्रेसका जंगिलाल राय बिजयी भएका छन । उनले माओवादी केन्द्रका शुनिल कुमार साहलाई पराजित गरेका हुन । रायले ८ हजार २९० मत ल्याउँदा साहले ७ हजार २१४ मतपाएका थिए ।

त्यसैगरि २ (ख) मा नेपाली कांग्रेसकै कौशलकिशोर राय बिजयी भएका छन । उनले ९ हजार ६२६ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धि लोसपाका मेथुर चौधरीले ९ हजार ४४७ मत पाएका थिए । त्यहाँ प्रतिनिधिसभाका लागी १७ जनाको उम्मेदवारी परेको थियो भने प्रदेशसभाका लागी ३१ जना चुनावी प्रतिस्पर्धामा थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका हरि उप्रेति बिजयी भएका छन । उप्रतिले ३२ हजार ९३८ मत ल्याएर बिजयी बन्दा उनको प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवार ३२ हजार १६८ मतसहित झिनो मतान्तरमा पराजित भए । त्यहाँ प्रतिनिधिसभाका लागी उपे्रतिसहित १३ जना उम्मेदवार रहेका थिए । प्रदेशसभातर्फ ३ को (क) मा जवाहरलाल कुशवाह बिजयी भएका छन । नेपाली कांग्रेसको ३ नम्बर क्षेत्रको क्षेत्रीय अध्यक्षसमेत भएका कुशवाह पछि माओवादीमा प्रवेश गरेका थिए ।

चुनावको बेला सो क्षेत्र नेकपा एकिकृत समाजवादीको भागमा परेपछि कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले १६ हजार ५९१ मत ल्याएर बिजयी हुँदा प्रतिद्वन्दी नेकपा एमालेका गणेश प्रसाद प्रसाईंले १५ हजार १६५ मत पाएका थिए । पराजित प्रसाईं हरिवन नगरपालिकाको निवर्तमान नगरप्रमुख हुन । त्यस्तै ३ को (ख) मा जसपाका संजय कुमार यादव निर्वाचित भएका छन । उनी १३ हजार १९० मत ल्याएर बिजयी बनेका हुन । उनको प्रतिद्वन्दीको रुपमा रहेका स्वतन्त्र उम्मेदवार सरोज कुमार रायले ८ हजार ३४८ मत पाएका थिए । बिजयी बनेका यादव सोहि क्षेत्रका निवर्तमान सांसदसमेत हुन । सो क्षेत्रमा प्रदेशसभाका लागी ३६ जनाले उम्मेदवारी दिएका थिए ।

यता क्षेत्र नम्बर ४ मा अमरेशकुमार सिंह बिजयी भएका छन । उनले २० हजार १७ मत पाएर बिजयी बन्दा नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५३ मत पाएका थिए । बिजेता अमरेशकुमारलाई पार्टीले टिकट नदिएपछि उनले अन्तिम समयमा आएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिएको र फिर्ता नलिएको भन्दै उनलाई कांग्रेसले पार्टीको साधारणसदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरिसकेको छ । अमरेशकुमारले सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रायलाई हराएका हुन । सो क्षेत्रबाट प्रतिनिधिसभा सांसद पदका लागी अमरेशकुमारसँगै २० जनाले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी ४ को (क) मा नेपाली कांग्रेसका बिरेन्द्र प्रसाद सिंह बिजयी भएका छन । उनले नेकपा एमालेका रामबाबु रायलाई पराजित गरेका हुन । सिंहले १५ हजार ६९३ मत पाउँदा एमालेका रायले १४ हजार ६१६ मत पाएका थिए । सिंह सोहि क्षेत्रबाट निवर्तमान प्रदेसभा सांसद हुन । त्यस्तै ४ को (ख) मा माओवादी केन्द्रका फकिरा महतो बिजयी भएका छन । महतोले ८ हजार ३३ मत ल्याएर बिजयी बनेका हुन । उनको निकटतम प्रतिद्वन्दि स्वतन्त्र उम्मेदवार अनिता देवीले ७ हजार ६७६ मत पाएकी थिईन । सो क्षेत्रबाट मधेश प्रदेशसभा सांसद पदको लागी ३६ जनाले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते