श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु, मकवानपुरले भीमफेदी गाउँपालिका स्थीत श्री कृष्ण माध्यमीक विद्यालय, भैंसेमा कमिटी गठन गरेको हो । आज आईतवार अखिल मकवानपुर जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत पहिलो काम कमिटी गठन भीमफेदी गाउँपालिकाले कामको सुरुवात गरेको हो । आज जिल्ला कमिटी सदस्य भुपेन्द्र राना मगरको प्रमुख आतिथ्यतामा भएको कमिटी निर्माण कार्यक्रममा +२ मा सृजना सुनारको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको हो । उक्त +२ कमिटीको उपाध्यक्षमा सविना थापा मगर, सचिवमा पलक लामा, सह–सचिवमा सुरेन्द्र मुक्तान र निशा पुलामी मगर तथा कोषाध्यक्षमा विनीता बल चयन हुनु भएको हो ।

आज नै सोहि विद्यालयको ९–१० को कमिटी पनि युगन्ती परियारको अध्यक्षतामा निर्माण भएको छ । कमिटीको उपाध्यक्षतामा सानिया गुरुङ, सचिवमा रुचक पुडासैनी, सह–सचिवहरुमा विनीता लो, आशिका पुडासैनी र आर्यन थीङ तथा काषाध्यक्षमा रञ्जुमायाँ थीङ लगागत १७ सदस्यीय कमिटी निर्माण भएको छ ।

कमिटी गठन कार्यक्रममा अनोरास्ववियु जिल्ला कमिटी सदस्यहरु भुपेन्द्र राना मगर, सुस्मीता बर्तौला, गाउँपालिका कमिटी अध्यक्ष ईशा पाख्रिन तथा कोषाध्यक्ष रंजु पुडासैनीले मन्तव्य राख्नु भएको थीयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते