सांसद लुंगेलीद्वारा भोर्लेनीमा सहकारी भवन उद्घाटन

परवानीपुर : सर्लाहीको परवानीपुरमा सांसद बेची लुंगेलीले एक सहकारी संस्थाको कृषिजन्य बस्तु संकलन तथा बजारीकरण केन्द्रको उद्घाटन गर्नु भएको छ ।

बिहीबार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवनको सांसद लुंगेलीले उद्घाटन गर्नु भएको हो ।

संस्थाकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा उद्घाटन भएको सो कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रमा स्थानीय किसानले दुध ल्याएर बेच्ने गरेका छन भने चिस्यान केन्द्र समेत संचालनमा रहेको छ ।

केन्द्रको भवन निर्माणका लागि स्थानीय वुद्धिबहादुर सुनुवार र उनकी पत्नी अस्मिता थापा मगरले ८ धुर जग्गा प्रदान गरेका छन् । संस्थाले थप १२ धुर जग्गा किनेर भवन निर्माण गरेको हो ।

संस्थामा सामान्य वर्गका एक हजार भन्दा बढी महिलाहरु आवद्ध छन् । स्थानीय महिला दिदी बहिनीले दुध बेचेर तथा बाख्रापालन गरेर राम्रो उन्नति गरिरहेको देखेर आफूलाई खुसि लागेको बताउनुभएकी मशेश प्रदेश सांसद लुंगेलीले समेत भवन निर्माणमा सहयोग गर्नुभएको छ ।

महिलाहरुले ५ रुपैयाँबाट सुरु गरेर संचालन गरेको सहकारिले अहिले दुध संकलनसँगै चिस्यान केन्द्र संचालन गरेको छ। संस्थामा दैनिक ३ सय लिटर भन्दा बढी दुध संकलन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते