अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, मकवानपुर जिल्ला कमिटीले आजबाट सदस्यता वितरण सुरु गरेको हो । आज मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिवालय बैठक गर्दै अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले १०० जना सदस्यलाई सदस्यता वितरण गर्नुभएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत सदस्यता वितरण सुरु गरेको जिल्ला अध्यक्ष भुवन मैनालीले थाहा पानालाई बताए ।

यसै अभियानलाई निरन्तरता दिंदै मकवानपुर गढी गाउँपालिका कमिटी र हेटौंटा क्याम्पस कमिटीको पनि बैठक बसालेको छ । क्याम्पस र उक्त पालिका कमिटीले “एक कमिटी पाँच काम” अन्तर्गत प्रशिक्षण कार्यक्रम गर्ने, नयाँ सदस्यता वितरणलाई तिव्रता दिने, संगठन गठन र पुनः गठन गर्ने, मंसिर ४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरि नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने तथा सोहि मंसिर ४ को निर्वाचन केन्द्रित भेलाहरु आयोजना गर्ने निर्णय गरेको छ ।

भोलि सोमबार पनि जिल्ला कमिटीले यसै अभियान अन्तर्गत विषयगत प्रशिक्षण पनि आयोजना गर्ने भएको छ । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु सवै, पालिका कमिटी र स्ववियु निर्वाचन हुने क्याम्पस कमिटीको पदाधिकारीलाई सहभागिता गराईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१, सोमबार ११:५५ गते
महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

२०८० फाल्गुन ४, शुक्रबार ०७:५१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते