हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

लालबन्दी : सर्लाहीमा सोमबार हरिपुर नगरपालिकाको नगरसभा उद्धाघाटन भएको छ । नगरपालिकाको आफ्नै हलमा नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा संबिधानसभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा ११ औं नगरसभाको उद्घाटन गरिएको हो ।

नगरसभा उद्घाटन समारोहमा संविधान सभाका सदस्य चौधरीसँगै रन्जना सरकार, नेकपा एमालेका नगर संयोजक माधव सरकार, नेपाली कांग्रेसका नगर सभापति धुब्रनाराण चौधरी, वडासभापति खेटराज सुवेदी, नगर उपप्रमुख निलम देवि राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, पूर्व नगरप्रमुख जमिरुदिन मन्सुर, इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख विजय कुँवर, वडाध्यक्ष, नगरसभा सदस्य लगायतको सहभागीता रहेको थियो ।

https://www.youtube.com/watch?v=b8vLpvwv6Jk

सोमबार नगरसभाको उद्घाटन गरिएपनि केहि दिनको छलफल पश्चात आर्थिक बर्ष २०७९८० का केहि कार्यक्रम तथा बिद्येयकहरु परिमार्जनसहित प्रस्तुत गरिने नगरका प्रमुख प्रशासकिय अधिकृत भुजेलले बताउनुभयो ।

सो पालिकाले केहि दिन अघि जिल्लामै पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नुपर्ने कानूनी प्रावधान अनुसार पालिकाले सार्वजनिक सुनुवाई गरेको हो । सो कार्यक्रममा नगरपालिकाले पहिलो चौमासिक कुल बजेटको ३०.०८ प्रतिशत अर्थात् १७ करोड ७९ लाख १५ हजार रकम खर्च गरेको विवरण सार्वजनिक गरिएको थियो । सार्वजनिक सुनुवाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेलले ५९ करोड १४ लाख ६४ हजार ७४४ रुपैयाँ ९४ पैसा कुल बजेटमध्ये पहिलो चौमासिकमा १७ करोड ७९ लाख १५ हजार खर्च भएको विवरण जानकारी गराउनुभएको थियो ।

सोमबार नै आयोजना गरिएको कबिलाशि नगरपालिकाको नगरसभा भने स्थगित भएको छ । आईतवारको कार्यपालिका बैठकमा नगर उपप्रमुख पुनम कर्णका श्रीमानसमेत रहेका कार्यपालिका सदस्य बिनय कर्णमाथी कुटपिट भएको घट्नाको बिवाद चर्किंदा नगरसभा स्थगित भएको हो ।

रामजानकी मठ सामुदायिक भवन अगर्वामा नगरसभा डाकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते