बैंकको चर्को व्याज असुली बिरुद्ध लालबन्दीका ब्यापारी आन्दोलित

लालबन्दी : बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै लालबन्दीका उद्योगी, व्यापारी, व्यावसायीहरुले हातमा कालो पट्टि बाँधेर आन्दोलन गरेका छन ।

बुधवार बिहानैबाट चर्को व्याजदर र प्रतिकूल वैंकिङ नीतिका बिरुद्ध सर्लाहीको लालबन्दीका व्यापारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा व्यापारीहरुले ‘कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर, चालु रहेको ओभर ड्राफ्ट लोन यथावत राख, जिन्सी निर्यात बढाउ, नगद निर्यात बन्द गर, बैंक ब्याज सिंगल डिजिट कायम गर, एलसी को १०० प्रतिशत मार्जीन खारेज गर’ लगाएतका नारा लेखिएको प्लेकार्डका साथ ¥याली निकालेका थिए ।

बिहान ९ बजे लालबन्दी १ स्थित नवलपुर बजारमा ¥याली निकालेका उद्योगी, ब्यवसायीले विहान ११ः३० मा लालबलन्दी बजारमा शान्तिपुर्ण ¥याली निकालेका थिए । लाबलन्दी बजारस्थित ट्राफिक बिट अगाडिबाट निकालिएको ¥याली बजार परिक्रमा गर्दै जनवादी चोक हुँदै डुमडुमे मन्दिर पुगेर पुनः ट्राफिक बिट अघि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी, होटल व्यवसायि संघका अध्यक्ष हिराकाजी योन्जन, उद्योग वाणिज्य संघ लालबन्दीका निर्वतमान अध्यक्ष कल्याणकुमार जोसी, नवराज मिश्रसहितले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले व्यापारी, व्यावसायी अहिलेको अवस्थामा चुप लागेर बसे रोडमा पुग्ने अवस्था आउने बताएका थिए । उनले व्यापारीको पीर मर्का नबुझी बैंकहरुले १० प्रतिशतमा आफुले लिएको ऋण १८ प्रतिशतसम्म ब्याज लिएर ६० प्रतिशतसम्म नाफा आर्जन गरेको बताए ।

लोन लिएका कतिपय व्यवसायी बैंकले श्रृजना गरेको तनावका कारण हतोत्साहित भएका र कतिपयले आत्महत्या समेत गरेको बताउँदै मूल्यवृद्धिका कारण व्यवसाय चल्न नसकेको अवस्थामा बैंकले ब्याजदर बढाउनु दुःखको बिषय भएको बताएका थिए । सुरुमा एउटा एग्रिमेन्ट गर्ने र बिस्तारै ब्याजदर बढाउँदै लैजाने गर्नाले व्यापारी भाग्ने, पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष जोशिले बताए ।

¥यालीमा सहभागी अन्य बक्ताले कोणसभामा बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा परिवर्तन गर्न नपाउने नीति भएपनि बैंकले मनपरि गर्दै आएको, कारोबारको २० प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले व्यावसायीहरु अप्ठ्यारोमा परेको धारणा राखेका थिए ।

  • भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते
शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

२०८० पुष २, सोमबार १८:४९ गते
पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते