लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा आयोजित टमाटरको सस (केचव) बनाउने तालिम आईतबार समापन गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौँको आर्थिक सहयोग लिएर लालबन्दी नगरपालिकाले आयोजना गरेको तालिममा नगरका १५ वटा वडा (७ र १४ बाहेक) का ५३ जनाको सहभागीता रहेको थियो ।

यहि फागुन १६ देखि २० गतेसम्म पहिलो समुह र २१ देखि २५ गतेसम्म दोश्रो समुहलाई व्यवसायीक टोम्याटो केचव बनाउने सिप विकास तालिम प्रदान गरिएको हो । घरेलु तथा साना उद्योग विकास समितीका पूर्व उप निर्देशक राम बहादुर श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए । वडा नम्बर ६ स्थित सभाहलमा तालीममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै तालिमको समापन गरिएको नगरपालिकाको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाका बरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकिय अधिकृत वसन्त न्यौपाने, बिभिन्न वडाका वडाध्यक्ष र स्थानिय संचारकर्मिको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा नम्बर १७ कि सहभागी शान्ति लामाले यो तालिम आफुहरुको लागी कोशेढुंगा साबित भएको दाबि गरिन । उनले देशभरमै सबैभन्दा बढि गोलभेँडा उत्पादन हुने ठाउँमा गोलभेँडाकै सस बनाउने तालिमको आयोजना गरेकोमा आयोजकप्रति कृतज्ञता प्रकट गरिन । तालिमले आफुहरुलाई उद्यमि बनाउने भन्दै लामाले यहाँ उत्पादन हुने आँप, मेवा जस्ता फलफुलबाट पनि यस्तै केहि बनाउन सकिने भए त्यस्तो तालिम पनि आयोजना गर्न लालबन्दी नगरपालिकासँग आग्रह गरिन ।

त्यसैगरि वडा नम्बर १५ का वडाध्यक्ष गोरख बलले नगरपालिकाभित्र पटक पटक यस्ता किसिमका सिपमुलक तालिमको आयोजना गरिएको भएपनि त्यसबाट उपलब्धि हासिल नभएकोमा यो तालिमले केहि आसा जगाएको धारणा राखेका थिए । तालिमलाई समापन गर्दै नगरप्रमुख अधिकारीले सहभागीको हौसला र जाँगर देखेर आफुलाई खुसि लागेको बताउँदै अब लालबन्दीमै सस बन्नेमा आफु आसावादी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया