श्रोत नखुलेको १५ लाख सहित मलंगवाका २ युवक पक्राउ

सर्लाही, असार ५ : प्रहरीले सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित २ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ४ का अन्दाजी ३५ वर्षीय युवक विसुन्द्र प्रसाद चौधरी र मलंगवा नगरपालिका – २ का अन्दाजी ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् । उनिहररूलाई मंगलवार बिहान साढे सात बजे भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गर्दा सीमावर्ती क्षेत्र गोरखकाली चौकमा प्रहरीले शंका लागि चेकजाँच गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी दिपेन्द्र पंजियारका अनुसार भारतीय BR 30 S 2086 नम्बरको मोटरसाईकलमा आएका उनीहरूलाई रोकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरको कम्मरमा बाँधिएको खैरो कपडाको पटुका भित्र १५ लाख ५० रुपैयाँ नेपाली तथा चालक चौधरीको साथबाट दुई हजार ६४० भारु नोट तथा ८ बोतल मजा जुस र दुईथान रियलमिको मोबाईल सेट एवं दुई थान सिम समेत बरामद गरि आवश्यक कार्बाही प्रकृया अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते