परवानीपुरमा कृषि क्याम्पस संचालनका लागी लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयबिच सम्झौता

सर्लाहीको लालबन्दीमा कृषि क्याम्पस संचालनका लागी लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयबिच समझदारि पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार बालकुमारी ललितपुरस्थित स्कुल अफ म्यानेजमेन्ट परिसरमा लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी र विश्वविद्यालयका रजिष्टार प्राध्यापक अच्युत वाग्लेले समझदारि पत्रमा हस्ताक्षर गर्नुभएको हो । सो समझदारि पत्रमा मधेश प्रदेशमा विश्वविद्यालयको कार्यक्रम विस्तारका लागी लालबन्दी नगरपालिकाले आवश्यक जग्गासहित अन्य सहयोग गर्ने र लालबन्दीमा कृषि क्याम्पस संचालनसहितका शैक्षिक कार्यक्रम संचालन र माध्यमिक तहसम्मको अध्यापनका लागी दुवै पक्ष मिलेर काम गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा हस्ताक्षरपश्चात बोल्दै नगरप्रमुख अधिकारीले अहिलेका जनप्रतिनिधिले केहि नयाँ सुरुवात गरेर जान सके पछिल्ला दिनमा यस्ता कार्यक्रम र योजनालाई मुर्त रुप दिन सकिन्छ भन्ने लागेर नै आफुले काठमाण्डौँ विश्वविद्यालयसँग सहकार्य गरेको बताउनुभएको थियो । त्यसैगरि सम्झौता पत्र आदान प्रदान पश्चात बोल्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले लालबन्दी नगरपालिकाले काठमाण्डौँ विश्वविद्यालयलाई मधेशमा स्थापित गराउन सहकार्य गरेकोमा खुसि ब्यक्त गर्नुभयो ।

उहाँले भर्खरै स्थापना भएको मधेश विश्वविद्यालयसँगको सहकार्यमा केहि शैक्षिक कार्यक्रम संचालनको तयारी भईरहेको अवस्थामा लालबन्दी नगरपालिकासँगको सहकार्यले अझै बिस्तारित हुने सम्भावना बलियो बनाएको र यो सम्झौतालाई सार्थक पार्नेगरि काम गर्न तयार रहेको उद्घोष गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

२०७९ भाद्र १५, बुधबार ०६:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते