लालबन्दीमा समाजवादी निकट अनेरास्ववियुको जनज्योति इकाई तदर्थ कमिटी गठन

लालबन्दी : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनज्योति क्याम्पस इकाई कमिटी गठन गरेको छ ।

शुक्रबार सर्लाहीको लालबन्दीमा बसेको विद्यार्थीको भेलाले अनेरास्ववियु जनज्योति क्याम्पस तदर्थ कमिटी गठन गरेको हो । पार्टीको केन्द्रिय सदस्य एवं मधेस प्रदेश सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यमा ५ सदस्यीय तदर्थ कमिटी गठन गरिएको भेलाको अध्यक्षता गर्नुभएकी सलिना भ्लोनले जानकारी दिनुभयो ।

कमिटीको अध्यक्षमा एलोज खड्का, सलिना भ्लोन उपाध्यक्ष, रुद्रनारायण महतो सचीव, रन्जना राई सहसचिव र कोषाध्यक्षमा अशोक कार्कीलाई चयन गरिएको छ ।

सो भेलामा पार्टीका जिल्ला उपसचिव उद्धव पाठक, अनेरास्ववियु केन्द्रिय सचिव राजकुमार विश्वकर्मा, लालबन्दी नगर कमिटी अध्यक्ष राजन काफ्ले, सचिव राज तामाङ, हरिपुर नगर कमिटी अध्यक्ष चुडामणिा धामी, जिल्ला कमिटी सदस्य कपिल देवकोटा, गिता माझी, रमेश बलम्पाकी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । आउँदो चैत ५ गते स्ववियु चुनाव हुने भएपछि अहिले देशभरका क्याम्पसहरुमा विद्यार्थी राजनीतिको माहोल तातेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन २७ गते शनिवारको दैनिक राशिफल

फागुन २७ गते शनिवारको दैनिक राशिफल

२०७९ फाल्गुन २७, शनिबार ०६:२० गते
पौष १६ गते शनिबारको दैनिक राशिफल

पौष १६ गते शनिबारको दैनिक राशिफल

२०७९ पुष १६, शनिबार ०७:०८ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते
सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते