महिला मन्त्री यादव गृह जिल्ला सर्लाही आउँदै

सर्लाही, बैशाख ८ गते । संघीय सरकारका नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव शुक्रवार गृह जिल्ला सर्लाही आउने भएका छन् ।

चैत १७ गते शुक्रबार भएको मन्त्री परिषद् बिस्तारमा सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला सर्लाही आउन लागेका हुन् ।

मन्त्री यादवले मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्र पर्वको अवसरमा शुभकामना आदानप्रदान, जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ता एवं क्षेत्रका जनताहरु संग प्रत्यक्ष भेटघाट गर्ने लगायतका कार्यक्रममा सरिक हुन् सर्लाही आउन लागेको मन्त्री यादवका स्वकीय अधिकृत सत्य प्रकाश यादवले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते