श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, मा वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको आज मनहरी-०६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यतामा बिधिवत रुपमा उद्घाटन भएको हो ।
आज भएको उद्घाटन खेलमा आयोजक टिम श्रृजनशिल जागृत युवा क्लब ( बी ) ले बिजय सुरुवात गरेको छ । निकटतम प्रतिद्वन्द्वी जोगिताल युवा क्लब २-० को गोल अन्तरले पराजित हुन पुग्यो । टिमलाई बिजय गराउन
आयोजक श्रृजनशिल जागृत युवा क्लबका छेवाङ्ग लामाले खेलको पहिलो हाफको नबौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो । अग्रतालाई बराबरीमा परिणत गर्ने हर प्रयासका बाबजुत जोगिताल युबा क्लब पहिलो हाफमा १-० ले पछि पर्यो ।

खेलको दौरान दोश्रो हाफमा पुन: श्रृजनशिल जागृत युवा क्लब गोल अन्तरलाई दोब्बर पार्न सफल भयो । उक्त टिमबाट राजकुमार रुम्बाले डिबक्स वरपरको क्षेत्रबाट उत्कृष्ट गोल गर्दै टिमको बिजययात्रा सुनिस्चित गर्यो । खेलको पूरा समयावधि भित्र कुनै गोल गर्न नसकेको जोगिताल युवा क्लब २-० ले पराजित भए सङ्गै प्रतियोगिताबाट बाहिरिएको छ ।
वडाको कुल १० टिम सम्मिलित प्रतियोगिता असोज ९ सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२७ गते
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

२०७९ भाद्र १७, शुक्रबार १२:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते