२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने (पत्रसहित)

सर्लाही, असार १२ : आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ। सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले असार २४ गते राती १२ बजेपछि सबै बजेटरी भुक्तानी रोकिने जनाएको हो ।

सो भन्दा अघि नै सबै भुक्तानी सल्टाउन समेत कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको जनाएको छ ।

परिपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष समाप्त हुनुभन्दा सातदिन अगावै मिति २०८० असार २४ गते राति १२ बजेभित्र नियमले निर्दिष्ट गरेको कामको बाहेक निकासा भुक्तानी नहुने र भुक्तानी प्रणालीसमेत बन्द हुने ब्यहोरा बुझिदिनुहुन निर्णयानुसार अनुरोध छ।’

बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुने छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिन एक हप्ता अघि नै भुक्तानी गरिसक्नुपर्ने भनेकोले त्यो अवधीमा भुक्तानी नभए रोकिने महालेखाले जनाएको छ।

विगतमा पनि यसरी भुक्तानी रोकिएको थियो। सिर्जित दायित्वको भुक्तानी रोकिँदा विगतमा केही आयोजनाहरू अफ्ठ्यारोमा समेत परेको थियो।

त्यसो त अहिले सरकारी भुक्तानी बढ्न थालिसकको छ।

आइतबार २ अर्ब ९७ करोड भुक्तानी भएकोमा सोमबार ५ अर्ब ४८ करोड रुपैया भुक्तानी संघीय सरकारले गरेको छ।

चालू आर्थिक वर्षमा संघीय सरकारले १२ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेको छ। त्यसमा चालू खर्च ९ खर्ब ५ अर्ब , पुँजीगत १ खर्ब ६२ अर्ब र वित्तीय व्यवस्थापनमा १ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गरेको महालेखाको तथ्याङ्कले देखाएको छ।

सरकारले राजस्वबाट ८ खर्ब ५१ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

२०८० कार्तिक १७, शुक्रबार ०८:३६ गते
कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

२०७९ आश्विन ५, बुधबार १४:४६ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते