डिजेल, पेट्रोलको मूल्य बढ्यो

सर्लाही : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएको भन्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैंयाले बढाएको हो।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम हुनेछ।

निगमले भारतबाट पट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगम घाटामा रहेकाले मूल्य बढाइएको जनाएको छ। अनुमानित नोक्सानीको कारण देखाउँदै निगमले एलपी ग्यासको मूल्य घटेर आएपनि अहिलेको मूल्य यथावत नै राखेको छ।

साथै निगमले भारतीय आयल कोर्पोरेसनको वक्यौता तिर्न सरकार उपलब्ध गराएको ऋण व्यवस्थापन गर्न अझै चुनौती रहेकोसमेत जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

२०७९ चैत्र ३, शुक्रबार १२:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते