केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो।

केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए। 

लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।

बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट हात पारे।तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए। 

लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।

बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट हात पारे।

नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ। 

अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २-० को अग्रता लिएर सिरिज जितेको थियो।

तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन लिग खेल्न गएपछि रोहितले नेपालको नेत‌ृत्व गरेका हुन्। एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२४ गते
आज गुरु नानकको जन्मजयन्ती 

आज गुरु नानकको जन्मजयन्ती 

२०७९ कार्तिक २२, मंगलवार ०८:३४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते