हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत स्थानीय तह स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि सम्पन्न

लालबन्दी : सर्लाहीको लालबन्दीमा सोमबार राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत स्थानीय तह स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गोष्ठि सम्पन्न भएको हो ।

गोष्ठिमा लालबन्दी नगरपालिकाका वडाध्यक्षहरु, स्वास्थ्य संस्था ईन्चार्जहरु, माबि प्रधानाध्यापकहरु, संचारकर्मिसँगै अन्य सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागीता रहेको थियो । नगरप्रमुख वासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झा, लालबन्दी नगर स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत मुमताज मिक्रानीसहितको स्वास्थ्य कर्मिहरुको सहभागीता रहेको थियो । वडा नम्बर ६ स्थित नगरपालिकाको पुरानो कार्यालयको सभाहलमा भएको कार्यक्रममा यहि फागुन ११ देखि १६ गत्तेसम्म संचालन हुने आम औषधि सेवन अभियानलाई कसरी प्रभावकारी ढंगबाट संचालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

गोष्ठिमा सहभागीहरुले हात्तिपाईले रोगको औषधि सेवका क्रममा बिभिन्न खाले स्वास्थ्य समस्या देखिन्छ भन्ने आम मानिसको बुझाई रहेको अवस्थामा हात्तिपाईंले रोगको औषधि किन खाने र नखाँदा के हुन्छ भन्ने जिज्ञासा राखेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेका स्वास्थ्यकर्मि रोशन चौधरिले हात्तिपाईले रोगका सम्बन्धमा तयार पारिएको तथ्यांक प्रस्तुत गर्नुका साथै रोगका लक्षण, रोकथामका उपाए बारे जानकारी गराएका थिए ।

गोष्ठिलाई सम्बोधन गर्दै लालबन्दी नगर स्वास्थ्य शाखा प्रमुख मिकरानीले यो अभियानलाई महाअभियानका रुपमा संचालन गर्नका लागी सबैको साथको जरुरत पर्ने बताए । उनले अभियान अन्तर्गत वडा कार्यालय, बिद्यालय, स्वास्थ्य संस्थाहरुबाट औषधि खुवाईने र छुटेकालाई घर घरसम्मै पुगेर औषधि खुवाईनेसमेत जनाए ।

नेपाल सरकारले सन २०३० सम्ममा हात्तिपाईले रोगलाई निर्मुल पार्ने लक्ष लिएको छ । हात्तिपाईले (फाईलेरिया) रोग धेरै पुरानो रोग हो । यो रोगले कुष्ठरोगले जस्तै मानिसलाइं शारीरिक रुपमा असक्त, असमर्थ वा अपांग तुल्याउँदछ ।

हात्तीपाइले (फाइलेरिया) रोग के हो र यो कसरी लाग्दछ ?

हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजीविहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्दछ ।

संक्रमण गराउने यस्ता परजीबिहरु तीन प्रकारका हुन्छन् ।
क. उचेरेरिया बाँन्क्रोटी (Wuchereriabancrofti)
ख. ब्रुजियामलायी (Brugiamalayi)
ग. ब्रुजिया टिमोरी (Brugiatimori)

नेपालमा हात्तीपाईले (फाईलेरिया) रोग उचेरेरिया बाँन्क्रोटी नामको परजीविद्वारा मात्र लाग्ने गरेको पाइएको छ ।

हात्तिपाईले रोग सर्ने तरिका

क्यूलेक्स जातको संक्रमित पोथी लामखुट्टे (फाईलेरिया परजीविबाट संक्रमित भएका) ले मान्छेलाई टोक्दा यसको मुख र सुँढ (प्रोबोसिस) मा रहेको संक्रामक स्टेजको (तेश्रो अवस्थाको) लार्भा परजीवि मानिसको छाला भित्रप्रवेश गरि शरीरको लिम्फनलीहरूमा पुग्दछ । यी लार्भा परजीवि लिम्फनलीमा विस्तारै बयस्क अवस्थामा विकसित हुन थाल्दछन् । र, यिनीहरूको उपस्थितिले गर्दा लिम्फनलीहरूमा लिम्फबग्ने कार्यमा अबरोध उत्पन्न हुने गर्दछ । यसैको कारणले सो ठाउँ वरीपरी सुन्निने हुन्छ । यस्तो अवस्था शरीरका विभिन्न भागहरूमा हुन सक्ने भएतापनि खुट्टामा र यौनाङ्गमा बढी हुने गरेको देखिएको छ । समय बित्दै जाँदा खुट्टा हात्तीको पाइला जस्तै भएर जाने भएको कारणले यस लाई हात्तीपाईले समेत भनिन्छ ।

संक्रमण भए देखि रोग देखा पर्न लाग्ने समय
पहिलो संक्रमण (लामखुट्टेको टोकाईबाट) भएदेखि शरिरमा परजीविवयस्क भै भाले परजीविसंग संसर्ग पछि उत्पादन भएका बच्चाहरु (माइक्रोफाइलेरीया) ब्यक्तीको रगतमा देखिन कम्तिमा नौ महिना लाग्दछ । परजीविको आयु औसतमा ४–६ वर्षको हुन्छ तर यिनीहरू १५–२० वर्ष सम्म पनिबाँच्न सक्छन ।

रोग सर्ने तरिका समय

नेपालमा क्युलेक्स लामखुट्टेले निरोगीमा माईक्रोफाईलेरिया लार्भा सार्दछ । यसको परजिबि लामखुट्टेमा १४ दिन सम्म रहन सक्छ भने मानिसमा यसको लार्भा १ बर्ष सम्म बाँच्न सक्छ । संक्रमित लामखुट्टेले टोक्दा आफूमा भएको परजीविबाट स्वस्थ मानिसलाई रोग सार्दछ । लार्भा परजीवि मानिसको लिम्फनलीभित्र रही वयस्क अवस्थामा विकसित हुन्छ । स्वस्थ लामखुट्टेले मानिसलाई टोक्दा मानिसको रगतमा रहेका परजीविकाबच्चाहरु (माइक्रोफाइलेरीया) बाट लामखुट्टे संक्रमितहुन पुग्छ । वयस्कवस्थाका पोथी परजीविले बच्चाहरु (माइक्रोफाइलेरीया) उत्पादन गर्दछन् र रगतको संचार संगै शरीरका अन्यभागमा पुग्छन ।

चिन्ह लक्षणहरु
सबै जसो संक्रमित मानिसहरुमा कुनै पनि किसिमको लक्षण देखिदैन ।
संक्रमित मानिसको रातिको रक्तनमुना

लक्षण नदेखिने अवस्था
सबैजसो संक्रमित मानिसहरूमा कुनै पनि किसिमको लक्षण देखिदैन ।
संक्रमित मानिसको रातीको रक्तनमुना संकलनगरि जाँच गरिएमा रगतमा परजीवि देखिन सक्छ
भिडियो एक्स–रे गरेर हेर्दा lymph vessel फैलिएको र बयस्कजुकाहरूको झुप्पाहरू देखिन सक्छ ।

हात्तीपाइले (फाईलेररया) रोगको लक्षण तथा चिन्हहरू
१) ज्वरो आउनु, जाडो लाग्नु र शरीरमा कम्पन हुनु,
२) लिम्फनलीहरू सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्साहरू देखिनु,
३) गिर्खाहरूको आकार बढ्नु, दुख्नु
४) पुरुषमा अण्डकोष वरपरका नसाहरू सुन्निनु-दुख्नु,
५) अण्डकोष ठूलो हुनु÷दुख्नु, गिर्खाहरू भेटिनु, पछि हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर
ठूलो हुनु),
६) महिलामा योनी र स्तन सुन्निनु-दुख्नु, स्तनमा गिर्खा आउनु, छ
७) खुट्टा सुनिएर ठूलो आकारको वा हात्तीपाईले हुनु,
९) हात सुन्निनु, पिसाब सेतो वा रातो आउनु
१०) लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इसिनोफिलको मात्रा बढ्नु,
नोट:– यो रोग एक रोगीबाट अर्काेमा सर्ने माध्यमलामखुट्टेको टोकाई नै हो

बयस्क जुका अथवा परजिबी हाम्रो लासिकानली (lymphatic vessels) लाइ क्षति गर्दा यसको कारणले बिरामी तथा चिन्ह लक्षण देखिन्छ ।
यसमा धेरै संक्रमण लक्षण बिनाको हुन्छ, पछि गएर अंग सुन्निने गर्छ ।
केहिमा अन्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र केहीमा अन्य अंगहरु सुन्निने गर्छ ।

खानुपर्ने तीन प्रकारका औषधिहरु
१) डाइई थाइलकार्बामाजिन चक्की १०० मि.ग्रा. १ टयाब्लेट
२) अल्बेन्डाजोल चक्की ४०० मि.ग्रा.को १ चक्की
३) आईभरमेक्टिन ३ मि.ग्रा.



खान नहुने समुह

१) दुई बर्ष उमेर नपुगेका केटाकेटीहरु
२) गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु
३) सिकिस्त बिरामीहरु जस्तैः ओछ्यानबाट उठ्न कठिनन वा कमजोर बनाउने शीघ्र वा दीर्घ रोग भएका बिरामीहरू, अस्पतालमा भर्ना भएका, डायलाइसिस जस्ता चिकित्सा बिधिहरुमा जीवननिर्भर हुने बिरामीहरू, मृगी (छारे रोग) भएकावा न्युरोसिस्टाईसर्कोशिसका बिरामी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ बर्ष मुनिका बालबालिकाहरु ।

हात्तिपाईले रोगको निवारणमा ३ प्रकार औषधि किन खानु पर्दछ ?
हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा रोग बाट बच्न र बचाउनकालागि प्रयोग गरिने Ivermectin (गतबर्ष बाट खुवाउन लागीएको चक्कि) DEC (सानो चक्की) र Albendazole (ठुलो चक्की) तिनै प्रकारको चक्की औषधिहरु परजिबी बिरुद्ध काम गर्ने औषधीहरु हुन । एक प्रकारको औषधीमात्र प्रयोग गर्दा त्यसले परजिबि निस्क्रिय नहुन वा नमर्न सक्छ । तर तिनै थरीको औष्धि प्रयोग गर्दा शरिरमा रहेको सबै परजिबिहरुलाई प्रभाबकारी रुपमा नष्ट गरि दिन्छ । यि तीन थरि औषधि लगातार २–३ वर्षसम्म औषधि सेवन गर्ने समुदायमा स्थायी रुपमा परजिबि नष्ट भई रोग निवारण हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

२०८० मंसिर १५, शुक्रबार २१:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते