धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला परेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं। १ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रुखको तल फेला परेको त्यस शवको सनाखत हुन सकेको छैन ।

यसैगरी महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भोइलमा रहेको ईँटा भट्टा नजिकै पोखरीको डिलमा बनेको फुसको छानो नजिक उहाँको शव फेला परेको हो ।

शवको आँखा ,मुख गरी शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ । शवलाई परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र शव परीक्षणपछि मात्रै केही भन्न सकिने जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते