आरजु राणा विरुद्ध टिकटक भिडिओ बनाउनेलाई कारबाही नभए आफैं प्रतिकारमा उत्रने तरुढ दलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवालाई लक्षित गरी टिकटकमा भ्रामक र अपाच्य सामग्री पोस्ट भएको भन्दै पार्टीको भातृसंगठन नेपाल तरुढ दलले आपत्ति जनाएको छ ।

शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा आरजु राणा देउवाको सामाजिक प्रतिष्ठा, इज्जत तथा मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने दुरासय राखी झूटा र अनर्गल पोष्ट भइरहेकाले सो कार्यमा संलग्न रहेकालाई कानूनी कारबाहीको दायरमा ल्याउन माग राखिएको छ ।

”सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै तरुढ दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्ति लक्षित भ्रामक कार्यको घोर भत्सर्ना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहरूलाई तीन दिनमत्रि कानूनको दायरमा ल्याउन संगठनले गृह मन्त्रालय र प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।

”आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैं प्रतिकारमा उत्रने छौं,” विज्ञप्तिमा भनिएको छ, ”नेपाल तरुण दलको धैर्यताको बाँध नटुटोस, यदि दलले अन्यायका विरुद्ध आफैं प्रतिकारमा उत्रँदा हुनसक्ने कुनै पनि अकल्पनीय परिस्थितिको जिम्मेवार सरकार र सम्बन्धित पक्ष आफैं हुनुपर्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

२०७९ पुष २६, मंगलवार १७:२२ गते
आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते