जनता अब मिठाे कुरामा फस्दैन , कामकाे मूल्यांकन गर्नेलाई मात्र मतदान गर्छ : रमेश कुर्मि

वीरगञ्ज, १५ कार्तिक । पर्सा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार रमेश प्रसाद कुर्मीले क्षेत्रका मतदाताहरुसँग चियोचर्चा गरेका छन् ।

मधेशी समुदायको सबैभन्दा ठूलो पर्व छठ पूजा सम्पन्न भएपश्चात उम्मेदवार कुर्मीले जनतासँगको भेटघाट र घरदैलो कार्यक्रम गर्ने क्रममा आज बहुदरमाई नगरपालिका वडा नम्बर २ को सिसियडी टोलमा चियोचर्चा कार्यक्रम गरेका हुन् ।

चियो चर्का गर्ने क्रममा कुर्मीले उम्मेदवारले विगतमा गरेको काम र क्षेत्रको विकासका लागि पुर्याएको योगदानको मूल्यांकन गरेर मतदान गर्न स्थानीयहरुसँग आग्रह गरेका थिए ।

उनले पाँच वर्षसम्म जनता समक्ष एक पटक पनि नजाने र निर्वाचनको मुखमा आएर मिठो मिठो कुरा गर्नेहरुसँग सचेत रहन आग्रह गर्दै काम गर्ने व्यक्तिलाई मत दिएर आफ्नो मतको सदुपयोग गर्न बताउँदै भने, ‘जनताको विचमा कहिले पनि नआउने र अचानक निर्वाचनको मुखमा ठूलोठूलो कुरा गर्नेहरुसँग तपाईहरुलाई सचेत रहनु पर्छ । उनीहरु आज भोट माग्न आएका छन्, भोट पाए पछि फेरी अर्को चुनावसम्म फिर्ता आउँदैनन् ।’

पाँच वर्षसम्म प्रदेश सरकार मार्फत र आफ्नो संसदीय कोषको रकम मार्फत क्षेत्रमा भ्याएसम्मको विकास निर्माणको काम गरेर स्थानीयहरुको जीवन स्तर उकासेने काम गरेको दावी गर्दै कुर्मीले भने, ‘पाँच वर्षसम्म मैले लडेर भएपनि क्षेत्रको विकास गरेर जनताको जीवनस्तर उकास्ने काम गरेको छु । विकास निर्माणको काममा कुनै कन्जुस्याई गरेको छैन । अन्य उम्मेदवार र म विचको भिन्नत यही हो ।’

कुर्मीले जनतालाई अब मुर्ख बनाउन नसकिने बताउँदै जनताले काम गर्नेको मूल्यांकन गरेर मतदान दिने बताए । ‘मतदाता म चनाखो भएका छन्, उनीहरुलाई कुरामा लगाएर भोट पाउँछ भनेर सोच्नेहरु मुर्ख हुन् । अब जनताले कामको मूल्यांकन गर्छन अनि मात्र मतदान दिन्छन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

२०७९ पुष १७, आईतवार ०८:३८ गते
अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

२०७९ फाल्गुन २, मंगलवार ०८:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते