लालबन्दी नगरपालिकामा आज बिदा

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिकाले आज आईतवार शोक बिदा दिएको छ ।

शुक्रवार मोटरसाईकल दुर्घटनामा परि नगरपालिकामा कार्यरत ईन्जिनियर रोशन यादवको मृत्यु भएपछि आईतबार बिदा दिईएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेब अधिकारीले बताउनुभयो । आईतवार नगरप्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईंटेलसहित सम्पुर्ण कर्मचारीको उपस्थितीमा शोकसभा गरेर बिदा गरिएको हो ।

आईतवार नगरपालिका कार्यालय र १७ ओटै वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा बन्द हुने प्रमुख प्रशासकिय अधिकृत लुईंटेलले बताउनुभयो ।

शुक्रवार राति सवा दश बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जंगल स्थित पुर्व पश्चिम लोकमार्गमा लालबन्दीस्थित डेराबाट घरतर्फ जाँदै गरेका यादव दुर्घटनामा परेका थिए । धनुषाधाम नगरपालिका–३, घर भएका बर्ष ३० का यादव सवार ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

२०८० असार १२, मंगलवार ०७:१२ गते
विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

२०७९ मंसिर ६, मंगलवार ०८:३८ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते