नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको ११ औँ साधारणसभा सम्पन्न

लालबन्दी पोस्ट : नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको ११ औँ साधारणसभा मंगलबार सम्पन्न भएको छ । महासंघ अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षता तथा महासंघकी केन्द्रीय सदस्य रिंकु कुमारी मिश्रको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका १३ स्थित पत्थरकोट छेँडामा रहेको होलिडे फेमिली रिसोर्टमा साधारणसभा सम्पन्न भएको हो ।

यहि मंसीर १७ गतेका लागि तय भएको साधारणसभा सो दिन साधारणसभामा विशिष्ट अतिथिको रुपमा आमन्त्रीत मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधन भएपछि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

स्वर्गिय भट्टराईको तस्वीरमा माल्यापर्णसहित मंगलवार सम्पन्न साधारणसभामा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, लालबन्दी १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्य, महासंघ सर्लाही शाखाका संस्थापक अध्यक्ष चुडामणि वाग्ले, पूर्व अध्यक्ष रोशन न्यौपाने, शंकर श्रेष्ठ, पूर्व अध्यक्ष तथा हालका प्रदेश कमिटी कोषाध्यक्ष विश्वनाथ ठाकुर, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र महासंघ सर्लाही शाखामा आवद्ध पत्रकारहरुको सहभगिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा पत्रकारहरुले खेलेको भूमिका सकारात्मक रहेको बताएका थिए । सो अवसरमा लालबन्दी नगरपालिका १३ नम्बर वडा कार्यालयको तर्फबाट साधारणसभामा उपस्थित अतिथि तथा सहभागिहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।

साधारणसभाकै अवसरमा स्व.गजेन्द्रनारायण सिंह पत्रकारिता पुस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार जनार्जन खत्रीलाई सम्मान गरिएको थियो । पुरस्कारको राशि १५ हजार ५५५ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

२०८० फाल्गुन ४, शुक्रबार ०७:५४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते