म्याजिक चालकलाई कुटपिट गरि फरार बैठाको साथबाट लागुऔषध बरामद

लालबन्दी : सर्लाहीको हरिपुरमा म्याजिक चालकलाई कुटपिट गरि फरार एक ब्यक्तिको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।

नवलपुर मलंगवा सडकखण्डस्थित हरिपुर ८ हात्तिसारमा मंगलवार राति पौने ८ बजेतिर म्याजिकको भाडाको बिषयमा चालकलाई कुटपिट गरि फरार भएका गोडैता ७ घर भई हरिवनमा डेरा गरि बस्ने बर्ष २० का दिपक बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । ना १ ज २३८२ नम्बरको म्याजिक चालकलाई कुटपिट गरि भाग्दै गरेको अवस्थामा बैठालाई हरिपुर प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ परेका बैठाको साथबाट २६ पत्तामा ७८० पिस नाईट्रोभेट–१० लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
error: <b>Alert: </b>Content selection is disabled!!