परवानीपुर : स्वर्गिय अनिता गिरीको १० औँ स्मृति दिवसको अवशर पारेर श्री डिम जनता माबि परवानीपुरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
लालबन्दी नगरपालिका १६ मा रहेको बिद्यालय प्रांगणमा मंगलवार एक कार्यक्रमका बिच बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधि तथा शिक्षक, बिद्यार्थीको उपस्थितीमा स्वर्गिय शिक्षिका गिरीको तश्विरमा माल्र्यापणसहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।
बिद्यालयकी दिवंगत शिक्षिका गीरिको स्मृतिमा स्थापित अनिता गिरी स्मृति कोषको रकमबाट बिद्यालयमा अध्ययनरत १८ जना जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिनुभयो । साथै सो कोषमा संरक्षक सूर्यकुमारी गिरीले दश हजार रकमसमेत थप गर्नुभएको छ ।
स्वर्गीय शिक्षिका गिरीको लालबन्दीबाट परवानीपुरचोकस्थित बिद्यालयसम्म जाने क्रममा सवारी दुर्घटनामा परि ज्यान गएको थियो ।