सेवानिवृत जनज्योती माबिका प्रधानाध्यापक साहलाई बिदाई

लालबन्दी : सर्लाहीको लालबन्दीमा रहेको जनज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापकले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । अवकाशप्राप्त प्रधानाध्यापक राम निवास साहलाई बिहिवार बिहान बिद्यार्थीहरुले कार्यक्रम गरि बिदाई गरेका थिए भने दिउँसो बिद्यालयले एक औपचारीक कार्यक्रम गरि बिदाई गरेका हुन ।

काभ्रे जिल्लाबाट शिक्षण पेशा सुरु गरि ३२ बर्ष शिक्षण पेशामा सेवा गरेका प्रधानाध्यापक साहले जनज्योती माबिमा ५ बर्ष ४ महिना अध्यापन गर्नुभएको थियो । कबिलासि नगरपालिका वडा नम्बर ४ हेमपुर घर भएका प्रधानाध्यापक साहलार्य आज दिउँसो बिद्यालयले कदरपत्रसहित बिदाई गरेको हो ।

कार्यक्रममा लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र बलम्पाकी, वडा नम्बर ९ को वडा कार्यालयका तर्फबाट सदस्य बिनोद तिमल्सिना, बिद्यालयका शिक्षक, बिद्यार्थीलगाएतको उपस्थितीमा साहलाई बिदाई गरिएको बिद्यालयले जनाएको छ ।

पेशाबाट अवकाश प्राप्त गरि बिदाई हुँदै गर्दा साहले बिद्यालयलाई नमुना बनाउने केहि सपना अधुरै रहेको बताउनुभएको छ । उहाँले केहि योजनाहरु पुरा गर्न नपाएपनि प्रदेशकै नमुना बिद्यालयको रुपमा स्थापित गराउन सकेकोमा खुसि ब्यक्त गर्नु भएको छ । प्रोजेक्टरसहितको स्मार्ट कक्षा सहितको ८० ओटा सिसिटिभि क्यामरा लगाएतका अन्य पुर्वाधारसम्पन्न बिद्यालय कुनै प्राईभेट स्कुलभन्दा कम नभएको उहाँको दाबि छ ।

कोभिड लगाएतका केहि समस्याले केहि योजनाहरु अधुरै रहेपनि आफ्नो कार्यकालमा सकारात्मक कार्यहरु गर्न आफु सफल भएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते