नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

२० भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय  खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।

तर, नेपाल टी-२० लिगको मिति पनि त्यही समयमा पर्ने भएकोले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीहरूको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो । ‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागट्ठ ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको छ,’ नवौँ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिका सचिव खुशराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नवौँमा सात प्रदेश, तीन विभाग र एनआरएन गरि ११ टिम सहभागी हुनेछन् । पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन् ।

११ टिमलाई दुई समूहकमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश एक र एपीएफ छन् ।

प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।

एनआरएन र सुदूरपश्चिमबीच भदौ २३ गते टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । त्यही दिन टीयू मैदानमा बागमती र प्रदेश एकबीच खेल हुनेछ । दोस्रो खेल सवा १ बजे सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा मधेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीच पहिलो दिन खेल हुनेछ ।

दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ ३१ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते