हरिवन र मिलनचोकमा दुर्घटना : ६ जना घाइते

लालबन्दी : सर्लाहीको हरिवन र मिलनचोकमा शनिबार भएको बेग्लाबेग्लै दुर्घटनामा ६ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १ मिलन चौकमा पूर्वतर्फ आउँदै गरेको बा ८९ प ५९९६ नम्वरको मोटरसाइकललाई पछाडिबाट आइरहेको ना २ च ३९६० नम्वरको कारले ठक्कर दिँदा कार अनियन्त्रित भइ विपरीत दिशाबाट गइरहेको प्रदेश २–०३–००२२ प ७९९५ नम्वरको स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।

दुर्घटनामा स्कुटर चालक हरिवन ८ का ३७ वर्षीय धनबहादुर गोले र पछाडि सवार सोही ठाउँका ३२ वर्षीय भिम लामा गम्भीर घाइते भएका छन् । दुवै घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

सो दुर्घटनामा घाइते मोटरसाइकल चालक बागमती १ का ३० वर्षीय सुकमान तामाङको सर्लाही जीवन अस्पताल सुकेपोखरीमा उपचार चलिरहेको छ ।

यस्तै, हरिवन नगरपालिका १ भोक्टेनीस्थित भित्री सडकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको ज १ च १७१९ नम्वरको बोलेरो गाडीले उत्तर तर्फबाट आइरहेको ना ५३ प ९७९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा हरिवन ८ डाँडाटोल बस्ने मोटरसाइकल चालक २२ वर्षीय नवीन राईन, पछाडि सवार १८ वर्षीय विज्ञान घिमिरे र १८ वर्षकै साहिल राणा गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि वीरगन्ज लगिएको छ । यि ३ जना घाइतेलाई पनि हेलिकप्टरबाट काठमाण्डौं लाने प्रयास गरेपनि साँझ परिसकेकाले हेलिकप्टर आउन नसकेको हरिवन प्रहरीले जनाएको छ ।

बोलेरो चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फूलजोर पुलमा टिपर दुर्घटना

फूलजोर पुलमा टिपर दुर्घटना

२०७९ चैत्र ९, बिहीबार १३:०७ गते
बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

२०८० असार ८, शुक्रबार १५:३७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते