सर्लाही १ मा पुतली भन्दा साईकल ६ हजार बढि मतले अगाडि

लालबन्दी : ब्यग्र चासोका साथ हेरिएको सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा साईकल छाप का राम प्रकाश चौधरी भारी मतान्तरसहित अगाडि रहेका छन । ४३ ओटा वडा गनीसक्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका चौधरीले २२ हजार ७०१ मत प्राप्त गरेका छन ।

उनका निकटतम प्रतिस्पर्धि नेकपा एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका मान बहादुर खड्काले १६ हजार ५५९ मत ल्याएका छन । खड्का भन्दा चौधरी ६ हजार १४२ मतले अगाडी छन ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुखसमेत रहेका खड्कालाई नेकपा एमालेका नेता कार्यकर्ताले सहयोग गरेका थिए भने लालबन्दी नगरपालिकाका धेरै वडाध्यक्षहरुले पनि खड्कालाई भोट मागेका थिए । पुर्व मन्त्री एवं कांग्रेस नेता शम्भुलाल श्रेष्ठले समेत खड्कालाई सहयोग गरेको आरोपमा कांग्रेसभित्र द्वन्द उत्पन्न भएको छ ।

लोसपाका नेता चौधरी नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक (ईन्स्पेक्टर) हुन । तेश्रोमा रहेका जसपाका प्रमोद साहले १२ हजार ७२१ मत पाएका छन । उनि निवर्तमान प्रतिनिधिसभा सांसद हुन । आफ्नो कार्यकालकाको धेरै समय बिभिन्न बिवादमा फसेका साहलाई पछिल्लो मतपरिणाम अनुसार यसपटक जनताले नरुचाएको प्रस्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

२०८० श्रावण २७, शनिबार ०८:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते