सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्।’सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु,’ उनले भने, ‘आज साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।’

हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे।

काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।

त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।

लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए।

केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते