वीर शहिद रामबृक्ष यादव (माड्साप) को २९ औँ स्मृति दिशव हरिवनमा

  • क्षितिज विश्वकर्मा

हरिवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला संगठन संयोजन समितीको आयोजनामा शनिवार २९ औँ स्मृति दिवश मनाएको छ ।

पार्टीले शहिद रामबृक्ष यादवको स्मृतिमा हरिवनको पुरानो नगरपालिकाको सभाहलमा कार्यक्रम गरि स्मृति दिवश मनाएको हो । बैकल्पिक केन्द्रिय सदस्य लालबहादुर माझि (मनिष)को अध्यक्षता एवं स्थायी कमिटि सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयौँ नेता कार्यकर्ताको उपस्थितीमा कार्यक्रम गरिएको कार्यक्रमका संचालकसमेत रहनु भएका पूर्व जिल्ला ईन्चार्ज लुमडि प्रसाद धिमाल (लोचन) ले जानकारी दिनुभयो ।

माओवादी हरिवन नगर कमिटि अध्यक्ष एवं नेता अर्जुन पन्तले स्वागत मन्तब्य राखेको कार्यक्रममा जनयुद्धको तयारीको चरणमा २०५१ साल भाद्र २ गते तत्कालीन सत्ताधारिको निर्देशनमा निर्मम हत्या गरिएका वीर शहिद रामबृक्ष यादव (माड्साप) को योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार रामचन्द्र सिंह कुशवाहा लगाएतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसैबिच हरिवन बजारस्थित शसस्त्र प्रहरी बिट नजिकै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्लाहीले पनि एक कार्यक्रम गरि शहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते