लालबन्दी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाहीको लालबन्दीमा आईपुगेका छन । उनि आज अबेर काठमाण्डौँबाट जनकपुर हुँदै लालबन्दी आईपुगेका हुन ।
श्रेष्ठ अहिले लालबन्दी ६ स्थित युनाईटेड होटलमा बसेका छन । श्रेष्ठको भोली आईतबार बिहान सदरमुकाम मलंगवामा जिल्ला कारागार भवनको उद्घाटन गर्न जाने र त्यसपछि पत्थरकोटमा लखन्देहि खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न जाने कार्यक्रम तालिका रहेको छ । उनको स्वागतका लागी दिउँसैदेखि प्रमुख जिल्ला अधिकारी (सिडियो) कोमलनाथ धमला लगाएत सुरक्षा अधिकारीहरु लालबन्दीमा बसेका थिए ।
अहिले खाना पछि पार्टी (नेकपा माओवादी केन्द्र)का नेताहरुसँग भेटघाट एवं समसामयीक बिषयमा छलफल गर्ने तयारी रहेको जिल्ला समन्वय समितीका उपसभापति जितेन्द कुशवाहले जानकारी दिनुभयो ।